Powered by Blogger.
विचौलियको समस्या समाधान गरेमात्र कारागार सुरक्षित : मुख्यमन्त्री पौडेल

हेटौंडा २६ भदौ ।  मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको क्षेत्रीय कारागार विचौलियाका कारण असुरक्षित बनेको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । आज कारागारको अनुगमनमा पुगेका उनले विचौलियको समस्या समाधान गरेमात्र कारागार सुरक्षित रहने बताएका हुन् । 
विचौलिया न्युनीकरण गर्न कारागारभित्र आवश्यक सामग्री कारागार प्रशासनले सोझै खरिद गर्ने व्यवस्था गर्न मुख्यमन्त्री पौडेलले सुझाव दिए ।
कारागारमा विद्यालयको स्थापना गर्न प्रदेश सरकारले एक जना शिक्षक दिने पनि मुख्यमन्त्री पौडेलले बताए । कैदी बन्दीलाई उत्पादनमा लगाउनुपर्ने भन्दै उनले उनीहरुको उत्पादन बिक्री हुने व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेललले असोज १ गते देखि कारागार प्रदेशको मातहतमा आउने तयारी भइरहेको जानकारी दिए । भीमफेदी कारागारलाई प्रदेश स्तरीय बनाउन लागेको समेत उनले बताए ।
मुख्यमन्त्री तथा आन्तरिक मामिलिा मन्त्रीलाई जेलको ख ब्लकका चौकीदार दिपेन्द्र राई र क ब्लकका चौकीदार डानियल लामाले शौचालयको सेफ्टिी ट्याङकी, औषधी उपचार तथा अन्य विरामीहरुको सेवाका लागि समस्या भएको जानकारी गराएका थिए ।

0 comments

Write Down Your Responses