Powered by Blogger.
ठुलो सुकौली टोल विकास संस्था रातोमाटेले ग¥यो गाउँ सरसफाई ,विद्यार्थीलाई सम्मान

मकवानपुर / ठुलो सुकौली टोल विकास संस्था रातोमाटेले विश्व सरसफाई दिवसको अवसरमा सरसफाइ, सम्मान तथा बधाई कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष इश्वार पाख्रिनको सभाध्यक्षता तथा हेटौडा उपमहा नगरपालिका १५ नम्बरका वडा अध्यक्ष महारन्त लामाको प्रमुख आथित्यतामा भएको हो । 

टोल विकास संस्था अन्तिम स्थानको सान्तले डाडा,ँ रातोमाटे सामुदायिक बन परिसरमा सम्म सरसफाई गरेको टोल विकास संस्थाका सचिव सदस्य तथा कार्यक्रम संचालक महेश दोङले जानकारी दिए ।
 
सम्मान तर्फ वडा नम्बर १५ का अध्यक्ष महारत्न लामा, वडा सदस्य पर्सा बहादुर भुजेल, पातली माया गोङबा, कुमारी श्रेष्ठ, मिनु बि.क. र नगरटोल विकास समन्वय समितिका सदस्यमा निर्विरोध निर्वाचित हर्करन्त लामालाई फुलको गुच्छा सहित खादाद्धारा सम्मान गरिएको थियो ।
यस्तै एसईईमा उत्कृष्ट क्षेणी ल्याई उर्तिण भएका ३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सचिन लो, सुजिना लामा र एन्जिला थिङलाई खादा ओडाएर सम्मानप्रत्रले  सम्मान गरिएको हो । 


प्रमुख अथिति समेत रहेका अध्यक्ष लामाले टोल विकासले गरेको कार्यले समाजमा ठुलो योगदान पुग्ने बताए । वडाको अन्य टोल विकासले भन्दा भिन्न कार्य गरिरहेको प्रति प्रशंसा गर्दै यस नमुना कार्यले अन्य टोलविकास संस्थालाई समेत मार्ग र्दशन हुने विश्वास लिएको बताए । उनले थपे,“व्यक्ति,टोल,ँगाउँ र समाज सफा भए त्यहाँका मानिसमा पनि सकरात्मक सोच पैदा हुने बताए ।”

सुन्दर नेपाल सरसफाई अभियान मकवनपुरको समेत सहकार्यमा भएको कार्यक्रममा नगर टोल विकास संस्था समन्वय समितिका सचिव देव प्रसाद क्षेष्ठले सरसफाई अभियान चालाउनु सकरात्मक भएको भन्दै यस अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
 लामो समयदेखि योगदानले गर्दा नेपाल भरिमा हेटौडा उपमहानगरपालिका तेस्रो हुन सफल रहेको बताए । सरसफाईले ब्यक्तिको र गाउँको इच्जत जोडिएको जानकारी गराउदै टोललाई सफा गर्न सबै टोलवासी एजजुट हुन आग्रह गरे ।

नगरटोल विकास संस्था समन्वय समितिका सदस्य हर्करन्त लामाले टोल विकास संस्थाको कार्य प्रति प्रशंसा गर्दै हरेक कार्यमा हामी साथ सहयोग गर्न तयार रहेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्यसमिति सदस्य रुपक कालिराजले टोल विकासले गरेको कार्य सर्हनिय भएको बताए । व्यक्ति सरसफाई भए परिवार सफाई हुन्छ, परिवार भए समाज र समाज भए देश नै सरसफाई हुने बताउदै सबै व्यक्तिमा चेतना पु¥याउन  आवश्यक रहेको बताए । 
सुन्दर नेपाल सरसफाई अभियानकी केन्द्रिय सदस्य तथा स्वास्थकर्मी समेत रहेकी निमटोल्मा आचार्यले स्वास्थ्य हुन व्यक्तिगत सरसफाई आवश्यक हुने बताउदै स्वास्थ्य बचाउनको लागि सरसफाईमा ध्यान दिन आग्रह गरिन् । समाज सेवि अभिशेक उप्रेतिले गाउँ सफा तथा सुन्दर हुन हरेकको घर अगाडि फलफुलको बिरुवा रोप्न आग्रह गरे । फलफुल रोप्नाले सुन्दर देखिनुको साथसाथै गाउँ नै सफा देखिने बताए । 

समाज सेवि तथा सोलिडारिटी इन्टरनेशनल एकेडेमीका प्रमुख क्रषिराम आचार्यले विभिन्न संस्कारहरु सिकाईरहँदा सरसफाई अभियानलाई पनि संस्कार झैँ सिकाउनु पर्ने बताए ।
 उनले भने,“वालवालिकालाई यस्ता संस्कार सिकाएमा हाम्रो देश केहि बर्षमै सुन्दर शहरको रुपमा परिचित हुनेछ।” जनप्रतिनिधिको तर्फबाट मन्तव्य राख्दै वडा सदस्य कुमारी श्रेष्ठले टोल विकासले गरेको कार्य नमुना भएको बताईन् । 
ठुलो सुकौली टोल विकास संस्था रातोमाटेका अध्यक्ष इश्वार पाख्रिनले कार्यक्रमको समापन गर्दै यस टोललाई स्वच्छ, हराभरा र सुन्दर बनाउने योजना रहेको बताउदै सबैको साथ सहयोगको अपरिहर्य रहेको बताए । 
१ सय २८ घर धुरी रहेको टोलविकासले गरेको कार्यक्रममा नगर टोल विकास संस्था समन्वय समितिका सचिव देव प्रसाद क्षेष्ठ, वडा सदस्यहरु पर्सा बहादुर भुजेल, पातली माया गोङबा, कुमारी श्रेष्ठ, मिनु बि.क, राप्ति विकास समितिका अध्यक्ष तथा सुन्दर नेपाल सरसफाई अभियानका केन्द्रिय सदस्य निमटोल्मा आचाय, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्यससमिति सदस्य रुपक कालिराज, सुन्दर नेपाल सरसफाई अभियानका जिल्ला संयोजक बिबरत्न दोङ, नगरटोल विकास संस्था समन्वय समितिका भुगोल सदस्य हर्करन्त लामा, रातोमाटे बन उपभोक्ता समितिका अध्यक्ष सानुवावु पाख्रिन, रातोमाटे टोल विकास संस्थाका अध्यक्ष गोपाल मान स्याङतान लगायतको आथित्यता रहेको थियो ।

0 comments

Write Down Your Responses