Powered by Blogger.
खुल्ला तीज गीत प्रतियोगितामा सामना समुह प्रथम

हेटौंडा / हेटौंडा एफ एमले ११ औ खुल्ला तीज गीत प्रतियोगिता तथा तीज गीत महोत्सब आज भब्य रुपमा सम्पन्न गरेको छ । बिगत १० बर्ष अगाढी देखि यो कार्यक्रम गर्दै आएको एफ. एमले आज पनि मकवानपुरका गाउँ गाउँका सहभागि माझ भब्य रुपमा कार्यक्रम गरेको हो ।

Image may contain: 4 people, people smiling, textलक्की ज्वेलर्स प्रालिको प्रयोजन तथा शिबम सिमेन्ट उद्योग लिमीटेड र रोहिणी हाउजिङ तथा सप्लायर्ष प्रालिको सह प्रायोजनमा कार्यक्रम गरिएको हो । आजको प्रतियोगितामा सामना समुह प्रथम भएको छ । उसले १५ हजार रुपैयाँ नगद, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी एकता महिला समुह द्धितीय भएको छ । उसले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी मकवानपुर गढी गाउँपालिकाको युवा महिला संजाल समुह तेस्रो हुँदै नगद र प्रमाणपत्र हात पारेको छ । आजको प्रतियोगितामा राम्रो नाच्ने प्रेमा लोप्चनले २० ग्राम चाँदीको सिक्का हात पार्नुभएको छ । त्यसैगरी गोपीनी दाहाल, सकुन्तला सिग्देलले चाँदीको पाउजु प्राप्त गर्नुभएको छ । प्रतियोगितामा बिजयी र राम्रो नृत्यगर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै लामाले तीजलाई भड्कीलो भन्दा पनि सभ्य रुपमा मनाउनका लागि सबैलाई आग्रह गर्नुभयो । महिलाहरुको महानपर्ब भएकाले यसलाई सभ्य रुपमा मनाउनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा १० वटा महिलाका टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका हेटौंडा एफ. एमका प्बन्ध निर्देशक उज्वल चौलागाईले तीज पर्ब १० बर्षदेखि अनबरत रुपमा गरिदै आएको बताउनुभयो । गाउँ गाउँमा रहेका महिलाहरुका प्रतिभाहरुलाई मिडीयाका माध्यमले पुरस्कृत गर्दै पनि आएको बताउनुभयो । तीज पर्ब हर्षोलास पुर्बक मनाउनका लागि उहाँले आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा लोकप्रीय गायिकाहरु मण्डबी त्रीपाठी, सहिमा श्रेष्ट, टिका प्रसाई, नबिन पौडेलको स्वरमा मिठा मिठा गितहरुमा छमछमी नाच्नेहरु धेरैनै रहेका थिए । त्यसैगरी कार्यक्रममा हेटौंडाको नाट्यस्वरी कलाकेन्द्र लगायतकाको टिमले नाच प्रस्तुत गरेको थियो । कार्यक्रममा उद्योग संघ मकवानपुरका सचिब बासु कार्की, नारी सिप सृजना केन्द्र मकवानपुरका अध्यक्ष उमा सुबेदी, शिबम सिमेन्ट उदोगका अच्युत पराजुली लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । प्रतियोगितामा ईस्वर खड्का, ज्ञानु थापा, प्रलय चौलागाईले निणायकको भुमिका निर्बाह गर्नुभएको थियो । 

0 comments

Write Down Your Responses