Powered by Blogger.
अब हेटौडामा पनि दोहोरी साँझ, नाफाको केहि प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गर्ने

हेटौडा /  हेटौडामा दोहोरी साँझ संचालनमा आएको छ । हेटौडा दोहोरी साँझ मकवानपुरका युवाहरु मिलेर हेटौडा १० टिसिएन रोडमा संचालनमा ल्याएका हुन । करिव ६५ लाखको लागतमा संचालनमा ल्याईएको दोहोरी साँझको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किताब सिङ् लामाले एक कार्यक्रम बिच रिवन काटेर सुभारम्भ गरेका हुन ।

दोहोरी साँझको सुभारम्भ गर्दै वडा अध्यक्ष लामाले पछिल्लो समय बिस्तारै कला संस्कृतिको लोप हुँदै गइरहेको अबस्थामा त्यसको संरक्षण र प्रबर्दनका लागि दोहोरी साँझले महत्वपुर्ण भुमीका खेल्ने बताए । हेटौडामा दोहोरी साझ खोलिनु सकरात्मक भएको भन्दै  हेटौडेलीहरुलार्ई कामको थकान मेट्न र मनोरंजन संगै दोहोरीमा रमाउन सजिलो भएकोे बताए । होहल्ला र झैझगडाको अवस्था सृजना हुने सम्भावना वढि सचेत रहन आग्रह गर्दै लोक संस्कृति बचाउन सहयोग पु¥याएको प्रंति धन्यवाद समेत दिए ।

नेपाली कला सस्कृति जोगाउदै मनोरन्जनका साथै लुकेका प्रतिभा उजागर गर्न आफुहरुले हेटौडामा दोहोरि साँझ संचालनमा ल्याएको दोहोरी साँझका प्रमुख प्रकाश गौतमले बताए । कला संस्कृतिको  संरक्षण र प्रबद्र्धनका लागि दोहोरी साँझले महत्वपुर्ण भुमीका खेल्ने विश्वास लिएको गौतमले बताउछन् । उनले थपे,“हेटौडा मनोरञ्जनको लागि पर्याप्त ठाउँको अभाव देखेको करण हेटौडेली वासीलाई नयाँ टेस्ट दिने चाहाना स्वारुप संचालन गरेका हौँ ।” साथै ७ दिने विशेष शुभारम्भ कार्यक्रममा भएको नाफाको केहि प्रतिशत रकम सामाजिक कार्यमा समेत सहयोग गरिने गौतमले बताए ।

दोहोरी साँझमा गायक दिपेन्द्र पुन मगर, निसा श्रेष्ठ, रोसनी थापा, जिविका थापा, सर्मिला लामा, राजुव सुनार, निगम खाती, विक्रम खाती लगाएतका कलाकारहरुले विशेष प्रस्तुती दिने अर्का हेमन्त ठाढा मगरले बताए । बाध्यवादनमा हिमाल स्याङतान, रन्त पुलामी मगर लगायत रहेको छन् ।

हाल दोहोरीमा २१ जना कर्मचारीले रोजगारी पाईरहेको अर्का संचालक महेन्द्र राना मगरले बताए । ८० देखि १ सय जना अट्ने क्षमता भएको दोहोरी साँझमा हरेक दिन साँझ ५ बजेबाट बेलुका १२ बजेसम्म लोकप्रिय कलाकारहरुको साथमा पारिवारिक वाताबरणमा दोहोरी संचालन हुनेछ । दोहोरीमा ग्राहकहरुका लागि स्वस्थकर खाना र उत्कृष्ट सुविधा उपलब्ध गराउने उनले दाबी गरे । ‘हामी अन्यठाउँको भन्दा फरक यो कुरामा छौँ की ग्राहकहरुको सुविधाको कुरामा हामीले कुनै सम्झौता गर्नेछैनौँ ।’ उनले भने–‘त्यो पनि अन्यत्र भन्दा निकै सुलभ मुल्यमा ।’
सो शुभारम्भमा आएका अथितिहरुले नेपाल लोकसंस्कृति विश्वकै धनी संस्कृति भएको भन्दै लोक गित संगीतको संरक्षणका लागि यो दोहोरी साँझ कोषेढुङगा सावित हुने बताएका थिए ।


0 comments

Write Down Your Responses