Powered by Blogger.
सरस्वती माविका भुतपूर्व बिद्यार्थीहरुले गरे नमुना काम : इ–लाइबेरी सहितको २० थान कम्युटर सहयोग

थाहानगर / मकवानपुरको थाहा नगरपालिकाका ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई भुपुर्व विद्यार्थीहरुको पहलमा २० वटा कम्युटर हस्तान्तरण गरिएको छ । थाहा नगरपालीकाको मेयर लवशेर विष्टको प्रमुख आतित्थ्यतामा एक कार्यक्रमकाबीच कम्युटर ल्यावको समेत उद्घाटन गरियो ।
यसअघि नेपाल सरकारले दिएको पाँच वटा कम्युटर सहित २५ वटा कम्युटर सहितको ल्यावको उद्घाटन भएको छ । सबै कम्युटरमा इ–लाइबेरीको सुविधा छ । इ–लाइबेरीको सुविधा हुँदा इन्टरनेट नहुँदा पनि शिक्षण सामग्री अध्ययन उपलब्ध हुन्छन् । बिद्यालयकै प्राङ्गणमा भएको कार्यक्रममा कम्युटर खदिका लागि सहयोग गर्नेहरुलाई सम्मान गरियो थियो ।Image may contain: 6 people, people smiling, people standing
एक थान कम्युटर उपलब्ध गराउने सुन्दरवस्ती युवा क्लव, थाहा–७ निवासीद्धय थाहा–७ का इश्वरी प्रसाद बजगाँई, रामकुमार खत्रीलाई मेयर विष्टले सम्मानपत्र प्रदान गरेका थिए । कम्युटर खरिदका लागि आर्थिक सहयोग गर्नेहरु समेत खादा र सम्मानपत्रद्धारा सम्मानित भएका छन् ।Image may contain: 6 people, including Laba Sher Bista, people standing
पूर्व बिद्यार्थीहरु जयराम खत्री र दिनेश कार्की सहितले ६० जनालाई निशुल्क ड्रेस उपलब्ध गराएका थिए । २० वटा कम्युटर खरिदका लागि रघुनाथ बजगााँईको नेतृत्वमा शैक्षिक गुणस्तर अभिवृद्धि अभियान थाहा–७ नै गठन गरि अभियान नै चलाइएको थियो ।
सो विद्यालयको शैक्षिक गुणस्तर बढाउन भन्दै स्थानीय युवा तथा भुतपूर्व बिद्यार्थीहरुको सक्रियतामा यसअघि पनि बिभिन्न अन्र्तक्रियात्मक कार्यहरु भएका थिए ।
अभियान अन्तर्गत गत असार १५ गते सोही बिद्यालयमा अभिभावक, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय समाजसेवी तथा बौद्धिक वर्ग, बिद्यालयका सम्पुर्ण शिक्षकहरु र बिद्यार्थीहरुको सहभागितामा बिद्यालयको शैक्षिक स्थिति, समस्या र समाधानको उपायका सन्दर्भमा बृहत अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी, सरस्वती माविलाई बिद्यालय भवन निमार्ण तथा सहयोग गर्ने १५६ जनालाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा मेयर विष्टले सरस्वती माविलाई आवश्यक सबै प्रकारका सहयोग गर्न सँधै तत्पर रहेको बताए । नगर प्रमूख विष्टले थाहा नगरको शैक्षिक जनशक्ती उत्पादनमा सरस्वती मावीको उल्लेखनिय भुमिका    रहेको भन्दै सिमित स्रोत र साधनका बाबजुतपनि यस विद्यालयका व्यवस्थापन समिति शिक्षक कर्मचारी र अविभावकहरुले विद्यालयमा गरेको मेहनत प्रशंसायोग्य रहेको भन्दै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिई यस विद्यालयलाई अब्बल सावित गर्न आग्रह गरे ।
थाहा नगरको नगर शिक्षा समिति संयोजक समेत रहेका विष्टले विद्यार्थी अनुसार शिक्षक दरबन्दी मिलान  गरि सरस्वती मावीलाई गुणस्तरयुक्त शैक्षिक केन्द्र बनाउन आफुले सक्दो सहयोग गर्ने बताए ।
सोही कार्यक्रममा मेयर विष्टले कम्प्यूटर ल्याबको उद्घाटन गर्दै विद्यार्र्थीलाई गराईने सिकाई विधि बारे जानकारी लिएका थिए । अब विद्यालयले नियमित रुपमा विद्यार्थीहरुलाई कम्प्युटर कक्षा संचालन गर्नुका साथै युग अनुकुल शैक्षिक जनशक्ती उत्पादन गर्न प्रविधी युक्त शिक्षा प्रदान गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बबहादुर लोले बताए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लो तथा प्रअ थापाले विद्यालयमा कम्प्युटर सिकाउने दक्ष शिक्षकको व्यवस्था गरिदिन नगरपालिका सँग आग्रह गरे । कार्यक्रममा विद्यालयमा शैशिक सामाग्री संकलन भौतिक संरचना निर्माण तथा शिक्षक  कर्मचारीको लागि तलव खुवाउन चन्दा संकलन अभियानमा सहयोग गर्ने १६५ दातालाई नगर प्रमूख विष्टले सम्मान पत्र प्रदान गर्नुका साथै टिका खादाले सम्मान गरेका थिए ।
कार्यक्रममा शैक्षिक गुणस्तर अभियानका संयोजक तथा विद्यालयका पुर्व विद्यार्थी रघुनाँथ बजगाँईले आफु अध्ययन गरेको विद्यालयलाई  प्रविधियुक्त शिक्षा प्रदान गर्न  कम्युटर हस्तान्तरण गर्न पाँउदा खुसी व्यक्त गर्दै सहयोगको सदुपयोग गर्न आग्रह गरे । अभियानका क्रममा सहयोग गर्ने सवैलाई धन्यबाद दिदै बजगाँईले यस अभियानलाई निरन्तरता दिने बताए । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु जयराम खत्री, दिनेश कार्की र सुजन खत्रीले ६० थान विद्यालय पोशाक सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।


विद्यालयका जेहन्दार अर्थिक विपन्न विद्यार्थीहरुकालागि पोशाक हस्तान्तरण गरिएको अभियान्ताले बताए । विद्यालयका शिक्षक कर्मचारी अविभावक विद्यार्थीहरु सहित सििम्दत कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्ने दाताहरुको उपस्थितीमा भएको काक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रस्तावित मकवानपुर सचिब विष्णु विष्ट आदर्श लगाएत स्थानिय नेता कार्यकर्ता छिमेकी विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रअ, संघ संस्थाका प्रतिनिधी तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।

0 comments

Write Down Your Responses