Powered by Blogger.
हेटौंडा बजार क्षेत्रकै ब्यस्त सडकहरुमा बिजुलीको पोल, दुर्घटनाको उच्च जोखिम

Image may contain: tree, sky, plant and outdoor
देवराज पन्त
मकवानपुर । मकवानपुरमा सडक विस्तार र कालोपत्रे गर्दा सडक छेउमा तथा सडकमै भएको अन्य संरचना नहटाईकनै सडक कालोपत्रे गरेको पाईएको छ । सडकको विचभागमै विद्युतको पोल तथा टेलिफोनका पोल नहटाउदा दुर्घटनाको जोखिम समेत बढेको छ ।

सडकको निर्माण गर्न जिम्मा पाएका विभिन्न निर्माण कम्पनीहरुले सडकमा रहेको विद्युत तथा टेलिफोन पोलहरु नहटाईकन सडक विस्तार तथा कालोपत्रे गरेको पाईएको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको विभिन्न स्थानमा सडक निर्माण गर्ने ठेकेदार कम्पनीहरुले चरम लापारबाही गरेको पाइएको हो ।

सडक निर्मांणको क्रममा कन्क्रिट ढलान तथा कालोपत्रे गरेका सडकमा ५ दर्जन विद्युत तथा टेलिफोनका पोलहरु सडक विचैमा राखिएको छ । जसले दुर्घटनाको जोखिम बढेको छ । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक बर्षमा पूर्वाधार विकास शीर्षक अन्तर्गत सडक निर्माणमा २० करोड ५२ लाख रुपैयाँ खर्च गरेको पाईएको छ ।

तर सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीको निगरानी तथा निरीक्षण नगर्दा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीहरुले चरम लापारबाही गरेको प्रष्ट भएको छ । यसप्रति नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

0 comments

Write Down Your Responses