Powered by Blogger.
विशेष ‘पर्यटकीय ब्राण्ड’को रुपमा प्रचार गरिदैँ कुन्छाल गाउँ

थाहानगर । मकवानपुरको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने महोत्सवका लागि पर्यटकीय गन्तव्य कुन्छलालाई विशेष ‘पर्यटकीय ब्राण्ड’को रुपमा प्रचार गरिने भएको छ । थाहा नगरपालिका वडा नं. ६ सरस्वती बजारमा यहि असोज २४ देखि २७ गतेसम्म संचालन हुने ऐतिहासिक टिष्टुङ महोत्सवका अवसरमा कुन्छाल गाउँलाई होमस्टेको आकर्षणको रुपमा स्थापित गरिने भएको हो । महोत्सव सफल बनाउनको लागि ४ असोजमा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठको विशेष उपस्थितीमा भएको छलफलमा थाहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली, कुन्छाल होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपाली, बिष्णु गोपाली लगायतकाको उपस्थिती रहेको थियो ।

कुन्छाललाई पर्यटन बोर्डले सन् २०१८ का लागि मुलुककै तीन पर्यटकीय गन्तव्य मध्येको एक गन्तव्य घोषणा गरी प्रवद्र्धन गरिरहेको छ । कुन्छालमा नेवारी संस्कृति तथा विभिन्न परम्परागत नाचहरुको हिसाबले महत्वपूर्ण मानिन्छ भने यहाँ खेसका कपडा तथा हातले बुनेका हाकु पटासी समेत पाइन्छ । गोपालीहरुको मात्र बसोबास रहेको कुन्छाल ऐतिहाँसिक बस्तीको रुपमा परिचत छ । 

0 comments

Write Down Your Responses