Powered by Blogger.
कीर्तिपुरका सय वृद्धवृद्धालाई चन्द्रागिरी भालेश्वरको भ्रमण गराइयो


काठमाडौं ।  कीर्तिपुर नगरपालिका ४  स्थितको बुद्ध मन्दिर संरक्षण समितिले कीर्तिपुर नगरपालिकाका करिब १०० जना ज्येष्ठ नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाको भालेश्वर मन्दिर भ्रमण  गराएको छ । 

शुक्रबार समितिले  वृद्धवृद्धाहरुको भ्रमणका साथै चन्द्र्रागिरी हिल्सको हलमा ज्येष्ठ नागरिक विषयक गोष्ठीको  समेत आयोजना गरेको छ

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम बुद्ध मन्दिर सरक्षण समितिका अध्यक्ष बुद्ध महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो । 

गोष्ठीमा भिक्षु मेदंकर स्थवीरज्यूले बुद्ध धर्ममा ज्येष्ठनागरिकहरुलाई संधै ब्रम्हा समान पूज गर्न लायक हुने बताउनुभयो । महिला तथा बालबालिका विभागका निर्देशक इन्दिरा ओझाले ज्येष्ठ नागरिकहरुको हक अधिकार सम्बन्धमा प्रष्ट पार्नु भयो । 

ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष तथा विश्व ट्रेड युनियन संघ (रिटायर्ड पेन्सनर) का उपाध्यक्ष मोहनबहादुर केसीले अल्जाईमर, ज्येष्ठ नागरिक र पारीवारिक दायित्व विषयमा प्रवचन दिनु भएको थियो । चम्पादेवी हेल्थपोष्टका अहेब एकराज चन्दले ज्येष्ठ नागरिकलाई लाग्न सक्ने रोग, स्वास्थ्य हेरचाह र रोगबाट बच्ने उपायलगायतका विषयमा अवगत गराउनुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथी कीर्तिपुर नगरपालिकाका मेयर महर्जनले बुद्ध धर्मले अर्काे जन्म, स्वर्ग र नरक को कल्पना नगर्ने बरु यस जन्ममा मानवले गर्ने हरेक राम्रो र नराम्रो कामको यसै जुनीमा प्रतिफल भोग्न पाउने हुँदा हामी सुखः शान्ति र स्वर्ग प्राप्तिको लागि सत्कर्ममा केन्द्रीत हुनुपर्ने बताउनुभयो



कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्का, जग्गादाता कमला श्रेष्ठ, भजन गुरु श्रीकृष्ण महर्जन लगायतका अतिथिहरुको उपस्थिती थियो । 

कार्यक्रमको अन्त्यमा सभापतीको मन्तब्यमा बुद्ध महर्जनले ज्येष्ठ नागरिकह्ररुलाई सेवा र सहयोग गर्नु हरेक नागरिक, समाज र देशको दायित्व भएको, उनीहरुको अथक परिश्रमको फल नै वर्तमान आर्थिक सामाजिक, साँस्कृतिक र भौतिक अवस्था भएको र राज्यले उनिहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनुभयो । 
उक्त कार्यक्रम अल्जाईमर दिवसको उपलक्ष्यमा आयोजना गरिएको हो । 



0 comments

Write Down Your Responses