Powered by Blogger.
थाहाका प्रधानाध्यापकहरु जुटे टिष्टुङ महोत्सवलाई सफल पार्न

थाहानगर / टिष्टुङ महोत्सवलाई सफलपार्न थाहानगरका प्रधानाध्यपकहरुसंग महोत्सव आयोजक समितिले छलफल गरेको छ । ६ असोजमा महोत्सव आयोजक समितिको सचिवालय टिष्टुङ (बज्रवाराही) मा भएको छलफलमा नगरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
छलफलमा महोत्सव सफल पार्नका लागि विद्यालयहरुको तर्फबाट प्रधानाध्यापकहरुले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानाध्यापकहरुले स्वत स्फूर्त रुपमा आर्थिक, भौतिकतथा सहभागितात्मक रुपमा सहयोग गर्ने बताएका हुन् ।


इहि असोज २४ देखि २७ गते सम्म मकवानपुर थाहानगरको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने महोत्सवमा टिष्टुङको ऐतिहाँसिक तथा पर्यटकीय ‘प्रडक्ट’लाई प्रवद्र्धन गर्ने उद्देश्यले लिइएको छ । महोत्सव भव्यताको साथ संचालन गर्नका लागि विभिन्न संस्थाहरु, समूह, सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसंग समन्वयतथा छलफल भइरहेको महोत्सव मूलआयोजक समारोह समिति २०७५ का संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

0 comments

Write Down Your Responses