Powered by Blogger.
टिष्टुङ महोत्सव सफल पार्न होमस्टे व्यवशायी कस्सिए

टिष्टुङ / टिष्टुङ महोत्सवमा थाहानगर स्थित कुन्छाल होमस्टे संचालकहरुले संस्थागत रुपमा सघाउने भएका छन् । महोत्सवको विषयमा ६ असोजमा पर्यटकीय गाउँ कुन्छालमा भएको छलफलमा यस्तो बताइएको हो । 

महोत्सव मूलआयोजक समितिले ऐतिहाँसिक तथा साँस्कृतिक सम्पादा भएको कुन्छाललाई होमस्टेको गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै महोत्सवको प्रमुख आकर्षणका रुपमा अघि सारेपछि होमस्टे व्यवशायीहरु उत्साहका साथ लागि परेकाहुन् ।  

थाहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपालीको विशेष उपस्थितीमा भएको कार्यक्रममा कुन्छाल होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपाली, कुन्छालका नाइकेहरु, काजीहरु, गुरुहरु लगायतकाको उल्लेख्य उपस्थिती रहेको थियो । यहि असोज २४ देखि २७ गते सम्म मकवानपुर थाहा नगरको टिष्टुङ (बज्रवाराही) मा संचालनहुने महोत्सवलाई भव्यताका सफल बनाएरै छाड्ने कुन्छाल होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपालीले प्रतिवद्धता व्यक्त गरे । 

0 comments

Write Down Your Responses