Powered by Blogger.
पत्रकार काशीलाई ग्रामीण सामाजिक पत्रकारिता पुरस्कार


Image may contain: 3 people, including Shiva Kumar Rijal Kashi, hat मकवानपुर / मनहरि एफ एमका स्टेशन म्यानेजर र स्पेसखबर कर्मि शिव कुमार काशी रिजाललाई यस वर्षको ग्रामीण सामाजिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

न्यूज क्लवका सञ्चालक एवं खबरब्रेक डटकमका सम्पादक धर्मेन्द्र दाहालले आफ्ना पिता बेलप्रसाद दाहालको नाउँमा ‘बेलप्रसाद दाहाल ग्रामीण सामाजिक पत्रकारिता पुरस्कार’ स्थापना गरेका हुन्। हेटौँडामा आइतबार आयोजित न्युज क्लव उद्घाटन समारोहमा पुरस्कार घोषणा गरिएको हो।

पुरस्कारको राशि १० हजार १ सय ११ रुपैयाँको रहेको छ। आगामी कार्तिक पहिलो साता आयोजना हुने खबरब्रेक मासिक पत्रिकाको विमोचन समारोहमा पुरस्कार प्रदान गरिने बताइएको छ।

यसैगरी, व्यवसायी यमप्रसाद सिलवालले न्युज क्लवको व्यवस्थापनमा आफ्ना माता पिताको नाममा स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट थाहा सञ्चार नेटवर्कमा कार्यरत पत्रकार रुपेश दुलाल पुरस्कृत हुने भएका छन्। यो पुरस्कारको राशि पनि १० हजार १ सय ११ रहेको छ।Image may contain: Rupesh Dulal, sunglasses

0 comments

Write Down Your Responses