Powered by Blogger.
मकवानपुरको १६ वटा विद्यालयलाई पछि पार्दै नृत्य प्रतियोगितामा सोलिड्यारिटी प्रथम

मकवानपुर / सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलका विद्यार्थीले प्रस्तुत गरेको घाँटु नाँच प्रथम भएको छ । शनिबार भएको आशिष मानन्धर स्मृति नृत्य प्रतियोगितामा १६ वटा विद्यालयलाई पछि पार्दै सोलिड्यारिटीले प्रथम स्थान हाँसिल गर्न सफल भएको हो।

यसैगरी हरिया÷होली नाँच प्रस्तुत गरेको तुल्सी मेहर सेकेण्डरी बोर्डिङ स्कूल दोस्रो हुदाँ तामाङ सेलो प्रस्तुत गरेको कमाने एकेडेमी तृतीय भए ।

प्रतियोगितामा कौँडा नाँच प्रस्तुत गरेको सत्यम जेभियर्स र तामाङ सेलो प्रस्तुत गरेको चन्द्रोदय माध्यमिक विद्यालयल सान्त्वना हुन सफल भयो ।

हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भएको नवोदय प्रथम अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले क्रमश नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरीएको थियो । यसैगरी सान्त्वना भएको विद्यालयलाई नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको थियो ।

मकवानपुर जिल्लामा रहेको ३ वटा सरकारी तथा १४ वटा नीजि विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा मारुनी, तमाङ सेलो, नेवारी, कौँडा, घाँटु, मगरलगायतको नृत्य प्रस्तुत गरेको थियो ।

प्रतियोगिता कार्यक्रम संयोजक दिलिप लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन मकवानपुरका अध्यक्ष मदन दहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नवोदय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले प्रतियोगिताले नेपालमा लोप हुन लागेको सँस्कृतिलाई संंरक्षण गर्ने रहेको बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रशासन प्रमुख सुरज वस्नेतले विद्यालयका डान्स शिक्षक आशिष मानन्धरको इच्छा मूर्तरुप दिनको लागि प्रतियोगिता आयोजना गरेको बताए । पहिलो पटक आयोजना गरेको नृत्य प्रतियोगितालाई हरेक वर्ष सञ्चालन गरीने उनले बताए । प्रतियोगितामा निर्णायक रहेका मकवानपुरका संगीतकार आशाकाजी श्रेष्ठले जिल्लामा रहेका अन्य जातजातीको नृत्य प्रस्तुत नहुँदा गुनासो व्यक्त गरेका थिए । उनले सँस्कृतिलाई संरक्षण गर्नका निम्ति स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए । प्रतियोगिताको निर्णायकमा श्रेष्ठ, सञ्जयराम उपाध्याय र सर्मिला महर्जन रहेका थिए ।

कार्यक्रममा नवोदय विद्यालयका विद्यार्थीले काँैडा, सतार र मिक्स फयूजन नृत्य प्रस्तुत गर्नुका साथै बालगायक चिराग डंगोलले आफ्नो गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नवोदय विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीलगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरुको सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses