Powered by Blogger.
नेपाल मगर संघ कैलाशको अध्यक्षमा तुलराज दर्लामी मगर सर्वसम्मत चयन

कैलाश / नेपाल मगर संघ कैलाश गाउँपालिको प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा समाजसेवि तुलराज दर्लामीमगर सर्वसम्मत रुपमा चयन भएका छन् ।

आज कैलाश गाउँपालिकाको मजुवामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा भक्त्त बहादुर थापामगर, सचिव केसर बहादुर थापामगर, सहसचिव राम कुमार मगर, कोषाध्यक्ष डम्बर कुमारी दर्लामी मगर चयन भएका छन् ।

सदस्यहरुमा राम बहादुर रुचाल, राजेन्द्र दर्लामी मगर, ज्ञान बहादुर आलेमगर, हर्क बहादुर दर्लामी मगर, कमला थापामगर, तारादेवि आलेमगर, चन्द्र बहादुर दर्लामीमगर, कविता शारुमगर, नवराज थापा मगर, निमर्ला रुचाल मगर, विरबहादुर दर्लामी मगर, शंखर रानामगर लगायत चयन भएका हुन्् ।

नेपाल मगर संघ मकवानपुरका कोषध्यक्ष तथा कार्यक्रमको प्रमुख अथिति समेत रहेका उपेन्द्र पुलामी मगरले मगर भाषाको संरक्षण गर्न आवश्यता रहेको भन्दै मगरकोहरु मातृ भाषा संरक्षण गर्न तर्फ लाग्न आग्रह गरे । मगर भाषालाई लेखनमा समेत जोड दिनु पर्ने औल्याएका थिए ।

नेपाल मगर संघ गुठि इकाई कैलाशका अध्यक्ष रामकुमार आलेमगरको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल मगर संघ मकवानपुरका कोषध्यक्ष उपेन्द्र पुलामी मगरले मगर, नेपाल मगर संघ मकवानपुरका कार्यसमिति सदस्यहरु एर्मिला पुलामीमगर, एक बहादुर आलेमगर (तिलक) लगायतको आथित्यता रहेको नवनिर्वाचित अध्यक्ष तु्लराज दर्लामीमगरले जानकारी दिए ।

0 comments

Write Down Your Responses