Powered by Blogger.
शिक्षा र स्वास्थ्यलाई निशुल्क नपारेसम्म कम्युनिष्ट सरकारको सार्थकता हुन्न

लोकेन्द्रबहादुर सिंह, केन्द्रीय सदस्य, अनेरास्वीयु


तपाईको बिद्यार्थी संगठन समायोजन कहाँ पुग्यो, के भैरहेको छ ?

दुई वटा ठुला पार्टीका मातहत संरचन एकिकरण प्रकृयामा छ । केन्द्रमा पार्टी एकता भो, जिल्लाको पार्टी प्रकृयाममा छ । जिल्ला तथा प्रदेशमा त्यसै गरी बिद्यार्थी संगठनको र अरु जनवर्गीय संगठनको एकता प्रकृया भैरहेको छ ।

म आफुै अनेरास्वीयुको कार्यकता, नेता भएकाले मेरो चासो चिन्ता त्यो विषयमा छ । म भन्न चाहन्छु बिद्यार्थी संगठन अनेरास्वीयु र क्रान्तिकारीको एकता अहिले अन्तिम चरणमा पुगेको छ । 

कार्यदलले आफनो प्रतिवेदन बुझाई सकेको छ । प्रतिवेदन  चार सय ९९ जनाको केन्द्रीय कमिटि बन्ने भन्ने  स्थायी कमिटि, हाई कमाण्डर कमिटि र सचिवालय कमिटि बन्ने खालको खाका, मस्यौदा एवं बिधि पनि बनि सकेको छ । 

नाम के राख्ने भन्ने बारेमा पनि टुङ्गो लागि सकेको छ । त्यस्तै खालका प्राविधिक विषय पनि टुङ्गी सकेको छ । अव प्रत्येक संगठनले को को मान्छेलाई कुन कुन ठाउँमा ल्याउने भने कुरा छ । त्यो केहि दिनमा हाम्रो अनेरास्वीयुको तर्फबाट टुङ्गीन्छ ।  एक महिना भित्र यो सबै टुङगीन्छ । टुङग्याउनु पनि पर्छ ।

दुई ठुला कम्युनिष्ट पार्टी एक भए सँगै तीनका संगठन पनि एक हुँदै छन्, अब दुई संगठन एक भएपछि नयाँ संगठनको नेतृत्व कसले लिन्छ, निर्वतमान अनेरास्वीयु या क्रान्तिकारीले ?

यस विषयमा हामीले यसलाई देउ, उसलाई देउ भन्ने विषय रहेन । किन भने हामी कार्यकताको बीचमा त्यो विषय रहेन । त्यो विषयमा दुईपार्टी  अध्यक्ष केपी शमर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले टुँग्याउनुहुने छ । हाई कमाण्डले टुंग्याउने छ । 

दुई वटै संगठनमा त्यो नयाँ बन्ने  संगठनलाई हाक्न सक्ने व्यक्ति तमाम छन् । अखिंल क्रान्तिकारीमा छन् । अनेरास्वीयुमा पनि छन् । 

अनेरास्वीयुमा उपाध्यक्षहरु, महासचिव छन् । त्यो भन्दा तल्लो तहलाई नेतृत्व दिए सचिवहरु छन् । त्यस्तै सचिवालयका पनि कतिपय साथीहरु संगठन हाँक्न सक्ने क्षमतावान् छन् ।

त्यस्तै क्रान्तिकारी तिर पनि तमाम साथीहरु छन् । त्यसैले नेतृत्व कसले लिने विषयमा बिधि प्रकृया बन्ला, प्रकृतिक ढंगलले टुंग्याउनुपर्छ । विवाद गर्नुहुन्न । विभिन्न खालका जनवर्गीय जनसंगठनहरु छन । ति संगठन को कसको भागमा पर्ने भन्ने कुुरा नी छ ।  

त्यस्तो भएकोले अब हामीलाई लाग्छ,  अनेरास्ववियुकोे तर्फबाट आएकाले त्यो नयाँ संगठनको नेतृत्व दिनु पर्छ  भन्छु । अनेरास्वीयुका नेताले नै नयाँ ससंगठनको नेतृत्व गर्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।

नयाँ बन्ने संगठनको नेतृत्वबाट अनेरास्वीयु पछि हट्यो, अव संगठनको नेतृत्व क्रान्तिकारी प्यानलले गर्छ भन्ने छ नी ?

हल्ला त बजारमा बिभिन्न खालका आँउछन् । आधिकारिक कुुरा के हो भन्नेको पखाईमा हुनु पर्छ । हामीले त्यसलाई हेर्नु पर्छ । तपाईले कुनै सामान्य पुर्वक्रान्तिकारीको साथीलाई सोध्दा क्रान्तिकारीले नै नेतृत्व लिन्छ भन्छ । तर जिम्मेवार व्यक्तिले त्यो भन्दैन् । जिम्मेवार व्यक्तिले कसले नेतृत्व लिने भन्दा पनि दुई ठुला संगठन एक भएकोमा गर्व गर्छन् । 

त्यो हामीले भनेर हुदैन ।  हाई कमाण्ड पार्टी अध्यक्षले टुंग्याउछन् भन्छन । सामान्य व्यक्तिले फलानो  व्यक्तिले पाउँछ भनेर हुँदैन । अखिंलका पनि केहि साथीहरु अखिलले पाउँदा फलानो व्यक्ति हुन्छ भनि दिन्छन् । 

तर हामीले त्यो हुन्छ, त्यो हुदैन् भन्नु भन्दा पनि त्यो कुरा हामी भन्दा बाहिरको हो । हाम्रो औकात तथा  हैसियत भन्दा माथीको कुरा हो भनिरहेका छौं ।  त्यसो भएकाले यसले पाउँछ ,उसले पाउँछ भन्दै बजारमा सामाजिक संजालमा पोष्ट गरेका कुरा आधिकारिक हुदैनन् ।

तपाई आफैमा सम्भावना बोकेको नेता हो ,जिल्लाका बिभिन्न तहको नेतृत्व गर्दै केन्द्रको पनि बिभिन्न तहमा रहेर काम गरेको मान्छे । अब आफुलाई कसरी अगाडि बढाउनु हुन्छ ?

मान्छे कहिले पनि पुर्ण हुदैन । संगठनमा काम गदै जाँदा मेरा पनि केहि कमजोरीहरु छन् होला । मैले अध्ययन गर्न बाँकी छ । आफुलाई परिर्माजन गर्ने  र सुधार गर्दै आफुलाई स्पातीलो बनाउनको लागि  लाग्नेछु । 

ममा धेरै कमजोरी हुन सक्छन् । तर मैले के ठानेको  छु भने सबै भन्दा बढि संगठनको स्टेप स्टेप पार गरेर आएको हुँदा अरु भन्दा बढी परिपक्क छु ।  आफुलाई यो मेरो घमण्ड पनि हुन सक्छ । त्यस्तो भएकोले मैले आफुलाई  धेरै ठुलो, इच्छा, आकाँक्षा द्ध भनेर भन्दिन ।  

स्वाभाविक ढंगले के हो भने अहिले एउटा नीति सिस्टममा यो अखिंललाई लैजाने कुरामा एउटा खालको पद्धति बन्ला  । सिस्टम तथा पोलिसी बन्ला ।  पोलिसीले मलाई फिट पार्ट, त्यहीँ राख्ला । 

हाम्रा  एकता  महाधिवेशन  हुनु भन्दा पहिला भएको भए त मेरो हाई पदमा उम्मेवारी हुथ्यो । त्यो नभएर महाधिवेशन हुनु भन्दा अगाडि पार्टी एकता भो । पार्टीले जनवर्गीय संगठनको महाधिवेशन नगर्ने निर्णय भो ।  त्यस्तो भएकोले अहिले त्यो व्यवस्था रहेन । 

मेरो अहिले अध्यक्ष, सहअध्यक्ष, संहयोजक हुने कल्पना छैन । म भन्दा पदाधिकारी साथीहरु अहिले पनि पखाईमा छन् त्यो जिम्मेवारीमा जान । 

स्वभाविक रुपमा जस्तो सुकै नीति बनाए पनि ३ कार्यकाल जनकपुर माधिवेशनबाट केन्द्रिय सदस्य भएको, २० औ महाधिवेशनबाट केन्द्रिय सदस्य भएको, साथीहरुलाई निरन्तर अहिले सम्म अखिंलमा लगेको मान्छेलाई  कमिटिमा लिने सिस्टम बनाए म स्थायी कमिटीमा आउने हो ।
  
सिनियरका हिसावले लिने हो भने पनि केहि साथीहरु मध्ये म पनि एउटा हो । म पनि स्थाई कमिटिको बलियो सम्भावना भएको व्यक्ति हु । सबै नेताहरुलाई  सिस्टमममा लैजानुस्  सिस्टम बनाउँदा म पर्ने नपर्ने  कुरा गौण हो । 

बिद्यार्थीको हकहितको लागि काम गर्ने तपाईका संगठनहरु पार्टीकै आन्दोलनमा अग्रसर छन् ,आफनै हितको लागि काम गर्छन भन्ने आरोप छ,  यसलाई के भन्नु हुन्छ ?

अहिले ३÷४ महिना चाहि बिद्यार्थीको काममा अखिंल र क्रान्तिकारीले ध्यान दिएको अवस्था छैन । बिद्यार्थीको माझमा गएर कलेज, बिद्यालयमा कमिटि बनाउने अवस्था अहिले छैन् । किन भने संगठन अहिले एकताकै प्रकृयामा छ ।

 एकतााको प्रकृया टुंगी सकेपछि हामी बिद्यार्थीको बीचमा जान्छौ । र अर्को कुरा हामीले शैक्षिक विषयमा बोलिनै रहेका छौ । सधै बोलि रहने छौ । शैक्षिक विषयमा राष्ट्रिय रुपमा  तरंग ल्याउने गरी सडकमा आउथ्यौ नै  । सरकारलाई घच्घच्चाउथ्यौ नै  । यस्तो खालको विकृति देखिएको छैन । 

सामान्यतया भर्नाका कुराहरु,  फी धेरै लिएका कुराहरुमा हामी बोलि रहेका छौ । मुख्य कुरा के हो भने शैक्षिक आन्दोलनबाट हामी बिमुख छैनौ । 

श्रमजिवी जनताका छोरा, छोरी पढ्न पाउने आन्दोलनबाट हामी बिमुख छैनौ । केहि समय हामी आन्तरिक कुरा मिलाई रहेका छौ । हामी आफुलाई हाईकमाण्डमा लिउ, हामीलाई पद देउ भनेर दौडी रहेको अवस्था पनि छैन । 
प्राबिधिक शिक्षमा माफीयाकारण छ।  सिटिइभिटीमा नाम निकाली दिन्छु भन्दै पैसाको बार्गेनीङ गरिरहेका छन् यसमा तपाई के भन्नु हन्छ ?

त्यहाँ सिटिभिटी हेर्ने हाम्रो अखिंलको इन्चार्ज हुनु हुन्छ । त्यहाँ हाम्रो कमिटि छ । कमिटिका सबै साथीहरुलाई मैले भन्ने गरेको छु । यदि त्यस्तो खालको  गलत काम हुदै छ भने तपाईहरु चुप लागेर नबस्नुस्, ध्यान दिनुस् । त्यो काम रोक्नुस् भनेको छु । तपाईहरु पनि बिद्यार्थीलाई भर्ना गरि दिने नाममा पैसा नखानुस् है भनेका छु ।

त्यो विषय तपाईले भने जस्तै म कहाँ पनि सुन्नमा आएको छ । त्यसको मसंग प्रमाण छैन । त्यहि पनि मैले त्यो विषयमा हाम्रो अखिंलको अध्यक्ष नविना लामालाई यहाँ यस्तो भैरहेको कुरा आएको छ है भनेर ध्यानाकरण गराएको छु । 

त्यसलाई रोक्नु रोक्न लगाउनुस् भनेको छु । सिटिभिटीभित्र  व्युरो, कर्मचारीहरु पुरै जमेर बसेका छन् । तिनीहरुले त्यो काम गरि रहेका छन् भन्ने कुरा मैले पनि सुनेको छु । तर म संग प्रमाण छैन । 

ती खालका विकृति विसंगीतिहरु विस्तारै अन्त भएर जान्छन् । अखिंल एकिकरण मात्र हुन दिनुस् । अनि अखिंल एक उर्जाका साथ अगाडि छ । ती सबै खालका माफियाहरुलाई तह लगाउने काम अब अखिंलले गर्ने कुरा जानकारी गराउछौ । 

बिश्वबिद्यालयहरुमा परिक्षा हुन अगाडि पटक–पटक पेपर बाहिन्छ, यो के हो बिद्यार्थीका जीवनमा खेलबाड किन, यसमा तपाईहरुको ध्यान किन गएन ?

यो असाध्य गम्भीर कुरा हो । यो अधिकांश बिश्वबिद्यालयमाथी प्रश्न चिन्ह खडा भएको छ । बिश्वबिद्यालय माथिकोे बिश्वश्नियता घटेको छ । बिश्व बिद्यालयका प्रोफेसर लेक्चरहरुको विस्वशनियता घटेको छ ।  

हिजोका दिनमा सबै भन्दा बढि ऐतिहासिक नाम कमाएको अझै भन्ने हो भने एसियामै ७ औ स्थानमा आएको त्रिभुवन बिश्वबिद्यालयको पनि शाख गिरेको छ ।  हिजोको ईमेज बिश्वबिद्यालयको बढाई राख्नुको लागि यी विकृतिक रोक्नु पर्छ । यसका लागि अव अखिंल एक ढिक्का भएर अगाडि बढ्छ । 

यस्ता खालका  व्यक्ति पनि शैक्षिक माफिया नै हुन् । गुणस्तर घटाउने , पैसाको नाममा चलखेल गनर्,े पेपर बेच्ने  जस्ता गलत र निन्दनीय काम गर्ने मान्छेलाई कारवाही हुनु पर्छ । त्यहाँ बाट तीनिहरुलाई हटाउनु पर्छ ।

प्राबिधिक शिक्षा धेरै महंगो छ ,गरिवका छोरा–छोरीले पढ्न सकिरहेका छैनन् । ईन्जिनियर–डाक्टर बन्ने तीनिमा चाहना छ, तर पढ्न सकिरहेका अवस्था छैन, यसलाई तपाईहरुको कस्तो पहल हुन्छ ?

यो विषयमा हामी पुर्व अनेरास्वीयुमा रहँदा हाम्रो कार्यकालमा एकदम निमुखा, गरिव जनताका छोरा–छोरीहरुलाई शैक्षिक प्रमाण पत्र धित्तो राखेर बैँकबाट ऋण लिने व्यवस्था गरिनु पर्छ भनेर हामीले आवाज उठायौ ।  त्यो कार्यान्वयनको पाटोमा अगाडि बढेको छ । 

अव मंंसिरबाट बिद्यार्थी साथीहरुले शैक्षिक प्रमाण पत्र धित्तो राखेर पैसा पाउँछन् । हामीले यतिले मात्र पुग्दैन भनेका छौं । देशका सबै शैक्षिक संस्थाहरु राष्ट्रियकरण गरिनु पर्छ । राष्ट्रियकरण गर्दा जो योग्य छ । जो क्षमता राख्दछ । ती मान्छेलाई अवसर दिनुपर्छ । 

गरिवी भएका कारण पढ्न सकिरहेको छैन भने त्यस्ता मान्छेको व्यवस्था गरि दिनु प¥यो । शिक्षा आधारभूत मात्र होइन । उच्च शिक्षा पनि निशुल्क  हुनु प¥यो । यस तर्फ अखिंलको ध्यान केन्द्रित हुन्छ भन्ने मेरो बुझाई छ ।  मैले आफनै संगठनको बैठकमा यहि कुरा राखिरहेको छु । 

शैक्षिक संस्थाहरु जव सम्म राष्ट्रियकरण हुदैन । शिक्षा राज्यको काँधमा आउदैन् तब सम्म हामीले आवाज उठाई रहने छौं । शिक्षाालाई र स्वास्थ्यलाई सरकारले निशुल्क बनाउनु पर्छ । 

कम्युनिष्ट सरकारको तब मात्र सार्थकता हुन्छ । जनताले जय जय गर्छन् । ५० औ वर्ष सम्म पनि कम्युनिष्ट शासन चल्न सक्छ भन्ने मेरो बुझाई छ ।



0 comments

Write Down Your Responses