Powered by Blogger.
दक्षिण एसियामै पहिलो पटक काठमाडौंमा ‘लोकतन्त्र मेला’ सुरु



काठमाडौं । दक्षिण एसियामै पहिलो पटक आयोजना गरिएको लोकतन्त्र मेला २०७५ को भव्य रुपमा उद्घाटन गरिएको छ । बिहिबार काठमाडौंको ऐतिहासिक क्षेत्र बसन्तपुरको नासलचोमा मेलाको उद्घाटन भएको हो ।

प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीनाले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका हुन् । 

लोकतन्त्रको दिगो व्यवस्थापन तथा जनताप्रति उत्तरदायी अभ्यास गराउने र आवश्यक प्रचार प्रसार तथा प्रवद्र्धन गने हिसावले केही देशहरुमा सुरु भएको लोकतन्त्र मेला नेपालमा पहिलोपटक सुरु भएको हो । 

मेला यही २०७५ असोज ५ र ६ अर्थात शुक्रबार र शनिबार चल्नेछ । मेलामा बेलायत, डेनमार्क, नर्वे, भारत लगायत विश्वका अन्य धेरै देशका सहभागिहरुले भाग लिनेछन् । 

मेलामा लोकतन्त्र सम्वन्धी स्टलहरु, महिला उद्यमि स्टल, किताव प्रदर्शनी, फोटो बुथ, विवीध प्रदर्शनी र मिडीया स्टल समेत रहनेछ ।

मेला अवधीभर विवीध सास्कृतिक कार्यक्रम, खुला मन्तव्य कार्यत्रमm, चित्रकला तथा हस्तकला प्रदर्शनी समेत हुने नेकपा नेतृ तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । 

यो राष्ट्रिय कार्यक्रम भएको र अन्तराष्ट्रि अतिथीहरु आउने हुनाले देशको इज्जत प्रतिष्ठासंग पनि जोडिएको बताइन्छ । मेला सफल पार्न नेकपा नेता एवं राष्ट्रिय सभाका प्रमुख सचेतक दिनानाथ शर्मा संयोजक र काग्रेस नेतृ चित्रलेखा यादव सहसंयोजक रहेको लोकतन्त्र मेला आयोजक समिति २०७५ गठन भई आवश्यक तयारी थालिएको थियो । 

सो मेलामा मुलकभरीकै पत्रकारहरुको ठुलो शाखा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले मिडीया स्टल राख्ने बताइएको छ । स्टलको शुक्रबार उद्घाटन गरिने बताइएको छ । 

लोकतन्त्र मेलालाई थप आकर्षक र प्रभावकारी पार्ने हिसावले हिजो ऐतिहासिक नासलचोकभित्र भव्य समारोहबीच उद्घाटन गरियो  भने त्यसअघि रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । साँझमा सहभागिहरुको स्वागतका लागि भव्य साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । 

शुक्रबार भने सो मेलामा विभिन्न अलग अलग राजनीतिक दलहरुको स्टलहरुको अलग्गै उद्घाटन हुनेछ भने अन्तराष्ट्रिय गोष्ठीको समेत आयोजना हुने बताइएको छ । शुक्रबारको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख मन्तव्य, विभिन्न देशहरुको अनुभव आदानप्रदान लगायतका कार्यक्रम रहेको छ भने दोस्रो सत्रमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख मन्तव्य हुनेछ । 

त्यस्तै शनिबार भने विभिन्न देशको उत्कृष्ठ कानुन निर्माण प्रक्रियाहरुको चर्चा गर्दै अनुभवको आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । 

जसअन्तर्गत पहिलो शत्रमा राजपा अध्यक्ष महन्त ठाकुरको मन्तव्य तथा दोस्रो सत्रमा बिट्रेन, नेपाल तथा डेनमार्कका सांसदबीच संवाद हुनेछ भने अर्को सत्रमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्तव्य हुनेछ  ।






0 comments

Write Down Your Responses