Powered by Blogger.
साल्ट ट्रेडिङले नाफामूलक भन्दा सेवामूलक संस्थाको भूमिका निर्वाह गर्नुपर्छः मन्त्री यादव


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले साल्ट ट्रेडिङ आफ्नो लक्ष्यमा सफल भएको बताएका छन् । संस्थाको ५६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । 

उनले नाफासमेत कमाउनुपर्ने बाध्यता हुँदाहुँदै पनि संस्थाले आफूलाई नाफामूलकभन्दा सेवामूलक संस्थाको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘सेवामूलक हुनुपर्छ, नाफालाई प्रधान बनाउनु हुँदैन,’ उनले भने । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्न साल्ट ट्रेडिङ र यसमा कार्यरत सबै र्कमचारीले आ–आफ्नो ठाउँमा अझ इमानदार भएर काम गर्न पनि उनले सुझाब दिए ।

कार्यक्रममा साल्ट ट्रेडिङ सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले संस्थान सार्वजनिक–निजी साझेदारी (पिपिपी मोडल)को उत्कृष्ट नमुना भएको बताए । चुनौतीसँग जुध्दै संस्थाले सेवामुखी भएर काम गरी सफल भएको उनको भनाइ थियो ।

बालबालिका, सामाजिक संघसंस्थालगायतलाई सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले सहयोग गर्दै आएको उनले जनाए । ‘संस्थाले आफूले बिक्री गरेका सामग्रीको मूल्यमा बजारलाई निर्देशित गरिरहेको छ,’ उनले भने, ‘६ महिनालाई पुग्ने गरी आयोडिनयुक्त नुनको सञ्चितिसमेत गर्न सफल छ ।’दैनिक उपभोग्य वस्तु चिनी, नुनलगायत कृषकका लागि आवश्यक रासायनिक मलको अभाव हुन नदिएको उनले बताए । 

मुख कार्यकारी अघिकृत उर्मिला श्रेष्ठले संस्थाले प्रशोधित तोरीको खाने तेल उत्पादन गर्ने लक्ष्य लिएको बताइन् ।  उनका अनुसार साल्ट ट्रेडिङले संघीय संरचनाअनुसार सबै प्रदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । संस्थाले अनुदान र अनुदानविनाको रासायनिक मल, चिनी, गहुँको बिउ प्रशोधन गरी किसानलाई वितरण गरेको बताइन् । त्यस्तै, भारतको सहयोगमा आयोडिनयुक्त नुन वितरण गरी गलगाँड रोग नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको छ ।  

सन् १९८५र८६ को सर्वेमा ४४.२ प्रतिशत गलगाँड रोगीको संख्या रहेकोमा अहिले यो संख्या घटेर ०.४ प्रतिशतमा झरेको छ । साल्ट ट्रेडिङले बर्सेनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि त्यस्ता पसल विभिन्न स्थानमा विस्तार गरिने बताइएको छ । 

यसैबीच संस्थाले बालबालिका तथा ज्येष्ठ नागरिकको सेवामा लागेको सामाजिक संस्था मानव समाज आश्रम चितवनलाई बालहितकारी पुरस्कार ७५ हजार रुपैयाँ नगदसहित प्रदान गरेको छ । 

त्यस्तै, संस्थानमा कार्यरत कर्मचारीका छोराछोरीमध्येबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विवेक प्रसाईं र श्रीद्धा महर्जनलाई लोकनाथ छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी, संस्थानमा २० वर्ष सेवा गरेका कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

यसैबीच संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमै मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम समेत गरेको छ । 

शुक्रबार भएको सो रक्तदानमा लिमिटेडका कर्मचारी तथा पत्रकारहरुले समेत कालिमाटी स्थित प्रधान कार्यालयमा गई रक्तदान गरेका थिए । कार्यक्रम अतइन्त सफल भएको लिमीटेडका डिभिनजनल मेनेजर ब्रजेश झाले जानकरी दिनुभयो । 

0 comments

Write Down Your Responses