Powered by Blogger.
रेडियो सरोबर र नारायणी मलले दिप प्रज्वलन गरी संविधान दिवस मनायो

हेटौंडा /  आज असोज ३ अर्थात् संविधान दिवस ।  नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको ३ वर्ष पुरा भएको छ । संविधान जारी भएको दिनका अवसरमा आज देशभर चौंथो संविधान दिवस विविध कार्यक्रम गरि मनाइयो ।

हेटौंडामा पनि संविधान दिवसको अवसरमा बिहानैदेखि विविध कार्यक्रम भएका छन् । चौंथो संविधान दिवसको अवसरमा हेटौंडाको एक मात्र व्यवसायिक मल 'नारायणीमल'मा आज साझ दिप प्रज्वलन गरिएको छ । रेडियो सरोबर ९२.५ मेगाहर्ज र नारायणी मलको आयोजनामा साझ दिप प्रज्वलन गरिएको हो संविधान जारी भएको ३ वर्ष पुरा भएको खुसियालीमा मलमा नेपालको झण्डा बनाईएको थियो ।

कार्यक्रममा 'नारायणीमल'का संचालक कैलाश ढकालले संविधान दिवसको अवसरमा सम्पूर्ण व्यवसायी तथा सारा नेपालीहरुलाई शुभकामना दिनुभयो । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संविधान जारी भएको ३ वर्ष पुरा भएको खुसियाली मनाईरहदा २०७२ सालमा जारि भएको संविधानले सम्पूर्ण नेपालिहरुमा आआफ्नो अधिकार प्रत्याभूत हुनेरी राजनीतिक दलका नेताले कामगर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नारायणीमलका संचालक दिपक आचार्य,कैलाश ढकाल, नवराज आचार्य, रेडियो सरोबरका स्टेसन मेनेजर राजु लामिछाने, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, बरिष्ठ उपाध्यक्ष माधव नेउपाने, बिष्णु गोपाल महर्जन, माडवारी एसोसिएसनका सचिव अजय अग्रवाल,लायन्स क्लब नारायणीमलका अध्यक्ष डा.सुन्दर श्रेष्ठ, आईआइपी एबं हेटौंडा सुपर मार्केटका संचालक प्रल्हाद मिश्र, लायन्सका एओजी कृष्णराम नेउपाने, लायन्स क्लब मुक्तिनाथका अध्यक्ष विकेशलाल श्रेष्ठ, साहित्य संगम मकवानपुरका अध्यक्ष साहित्यकार निमेष निखिल, डा.राग्वेन्द्र ठाकुर, युवा व्यवसायी अन्जन दाहाल लगाएतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses