Powered by Blogger.
नेपाल रेडक्रस सोसाइटीको वार्षिक समीक्षा बैठक सम्पन्न


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीकोे काभ्रेको बुडोलमा सम्पन्न तीन दिने वार्षिक समीक्षा बैठकले संस्थाको मानवीय सेवा गतिविधि, आर्थिक व्यवस्थापन र नियन्त्रण प्रणालीलाई थप सुधार गर्ने, सूचना व्यवस्थापनमा एकरुपता ल्याउने, तथ्याँक संरक्षण नीति लागु गर्ने र विपद् व्यवस्थापन लगायतका सान्दर्भिक नीतिमा परिमार्जन गनुपर्ने सिफारिसहरु गरेको छ । 

समीक्षा वैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

समीक्षा बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सोसाइटीका अध्यक्ष संजीव थापाले  नेपाल रेडक्रसको समग्र सेवालाई समयानुकुल परिमार्जन र व्यवस्थित गदै समुदायमा विपद् प्रतिकार्य एवँ मानवीय सेवाका विविध पक्षहरुमा  अझ प्रभावकारी तथा सहजताका साथ पुग्न सँस्थागत प्रयत्न गर्ने बारे जोड दिनुभयो ।  

उहाँले भन्नुभयो ः “सुरक्षित र गुणस्तरीय रक्तसञ्चार र आपत्कालीन सेवा प्रदान गर्नका लागि साँगठनिक, प्रशासकीय र व्यवस्थापकीय क्षेत्रमा सुधारका ठोस गतिविधिहरु सुरु गरिसकिएको छ ।”   

समीक्षा बैठकमा महामन्त्री देवरत्न धाख्वा र विभागीय प्रमुखहरुले  सोसाइटीद्वारा रणनीतिक लक्ष्यअनुरुप गत एक वर्षमा सञ्चालित कार्यक्रम र भूकम्प प्रतिकार्यलगायतका गतिविधिहरुको प्रगति, आगामी प्राथमिकता, सरकारको स्थानीय संरचना र आपसी सम्बन्धका बारेमा प्रस्तुतिकरण गर्नुका साथै सहभागीहरुबाट उठाइएका जिज्ञासाहरुलाई सम्बोधन गर्नुभएको थियो ।

सोही अवसरमा कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले संस्थाको समग्र आर्थिक अवस्था र स्रोतका संभावनाहरुका विषयमा जानकारी गराउनुभयो । 

उहाँले नाफारहित संस्थाको रुपमा रहेको नेरेसोले स्थानीय निकायमा स्रोतको लागि पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । समीक्षा वैठक पश्चात बसेको नेरेसोको केन्द्रीय कार्यसमितिको २६७ औँे बैठकले गरेका शिफारिसहरुलाई अपनत्व लिएको छ । 

मुलुकको सँघीयता अनुसार सँस्थाको सँरचना परिवर्तन गर्न नेरेसोको परिमार्जित विधानको व्यवस्था बमोजिम केन्द्रीय स्तरमा २ जना उपाध्यक्षहरुको व्यवस्थालाई कार्यान्वयन गर्न सहयोग गर्ने हेतुले हालसम्म पुरानो व्यवस्थाबमोजिम रहनुभएका ५ जना उपाध्यक्षहरुले राजिनामा दिनुभएको केन्द्रीय कार्यसमितिमा जानकारी गराइएको छ । 

राजिनामा पत्रमा भनिएको छ ः नेरेसोको नयाँ विधानले केन्द्रमा दुइजना मात्र उपाध्यक्षको व्यवस्था गरेको हुँदा र विधान अनुरुप व्यवस्था गर्नुपर्ने हुँदा, हालसम्म यो पदमा रहि कार्य गर्ने अवसर प्रदान गर्नुहुने प्रति आभार व्यक्त गर्दै विधानको पूर्ण कार्यान्वयन गर्नका लागि उपाध्यक्ष पदबाट राजिनामा दिएका छौँ । तर केन्द्रीय कार्यसमितिको हैसियतबाट प्राप्त हुने जिम्मेवारी आगामी दिनमा समेत पूरा गर्न प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौँ । 

राजिनामा दिनुहुने उपाध्यक्षहरु अजित कुमार शर्मा र हरि निरौलाले भन्नुभयो ः विधानलाई पूर्ण कार्यान्वयनमा सहयोग गर्न राजिनामा दिएका हौँ । । राजिनामाको आशय मनसायलाई वँग्याएर अपव्याख्या कतैबाट पनि नहोस् भन्ने अनुरोध समेत गर्दछौँ ।  

अर्का उपाध्यक्ष महेन्द्र सिँले भन्नुभयो ः मेरै सँयोजकत्वमा विधान शंशोधनको समितिले काम गरेको हुँदा त्यसको सफल कार्यान्वयनको लागि मैले नै राजिनामाको पहल गरेको हुँ ।

0 comments

Write Down Your Responses