Powered by Blogger.
रिचार्जरमा मोबाईल किन्दा खसी उपहार


काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ ।

रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशैंमा रिचार्जरले खसी उपहार दिने भएको हो ।

‘दशैंको खसी घरमै बसी बसी’ योजना यहि असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागि हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्नुपर्नेछ ।

यसअवधिमा एप मार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथा मार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए ।  

यो योजना सिमित ब्राण्डका मोबाईल फोनहरुमा मात्र लागू हुने रिचार्जरले जनाएको छ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेज मार्फत लाइभ घोषणा गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses