Powered by Blogger.
ग्लोबल आईएमई बैंकका ग्राहकलाई चन्द्रागिरि केबुलकारको टिकटमा २० प्रतिसत छुट


काठमाडौँ । अब ग्लोबल आईएमई बैंकका ग्राहकले चन्द्रागिरि केबुलकारको टिकटमा २० प्रतिसत छुट पाउने भएका छन् । 

ग्लोबल आईएमई बैंक लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडबीच चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापश्चात् ग्लोबल आईएमई बैंक लिमिटेडका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक महानुभावले चन्द्रागिरिको थानकोटस्थित काउन्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् ।

काठमाडौंको थानकोटमा रहेको पर्यटकीय गन्तव्य चन्द्रागिरिमा दिनप्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकलाई सहुलियत दिने उद्देश्यले सम्झौतामा हस्ताक्षर गरेको हो ।

 ग्लोबल आईएमई बैंकले ग्राहकलाई बैैंकिङ सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी विभिन्न खाले योजना ल्याइरहेको छ ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३२ शाखा, १ सय ३८ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय ३ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

0 comments

Write Down Your Responses