Powered by Blogger.
लागुऔषध सेवान गर्दा छोरालाई गुमाउनु प¥योे : सौजन डिसी

मकवानपुर /  पछिल्लो समय शहरीया जिवन शैली, व्यस्त अभिभावक आफनो नियन्त्रण भन्दा बाहिर बाल बालिकाहरु रहेका कारण लागुऔषध तथा दुव्र्यसनीका सेवन कर्ताहरु मुलुकभर बढ्दै गएको तथ्याक छ । अहिले मुलुकभर झण्डै लाखौँ कडा लागुऔषध सेवन कर्ताहरु रहेको तथ्यांकले देखाएको छ । प्रति वर्ष सेवन कर्ताको संख्या बढ्दै गएको हो । लागुऔषध ओसार पसार,  लागु औषध सेवान गर्दा भोग्नु परेको समस्य, सेवन कर्तालाई कसरी न्यूनीकरण गर्न सकिन्छ लगायतका विषयमा लागु औषध प्रयोगकर्तालाई सुधार गृहमा राखि नयाँ जिवन दिईरहनु भएको सिआन पुर्नस्थापना केन्द्रका प्रमुख तथा अध्यक्ष सौजन डिसिसंग हाम्रा सहकर्मी रुपक कालिराज ले गरिएको कुराकानी ।
यस कार्यक्रममा स्वागत छ ?
धन्यवाद यहाँ र यहाँको टिमलाई । 

वाल्यकालमा तपाई कस्तो हुनुहुन्थ्यो ? 
वाल्यकालमा म लजालु स्वभावकोे थिए । स्कुले जिवनमा सबैभन्दा वढि लजालु स्वाभावको थिए रे । कम वोल्ने शान्त शालिस स्वभावको मान्छे भनेर भन्नुहुन्छ मेरो अग्रहरुले । 

कति वर्षदेखि लागुऔषध सेवान गर्नु भयो ?
विगत ११ बर्ष हुदाँ देखि नसामा जिवन खेर फालिरहेको थिएँ । स्कुलले जिवनमा साथीभाईको संगतमा चुरोट, रक्सी, गाँजा दखि ब्रराउन सुगरसम्म सबै लागुपर्दाथ सेवन गरेँ । ‘खाँिदन भन्दा साथीभाई रिसाउथँे । साथीभाईको मन राख्दिन समेत खाईदिन्थँे । लहलैमा कक्षा ७÷८ बाट शूरुवात गरेको त्यसरी नै लगातार झन् झन् माथिल्लो कक्षा ९ र १० पढ्दै गए झन वढि सेवान गर्दै गएँ ।

छोराले लागुऔषध सेवान गर्छ भन्ने थाहा पाए पश्चात आमा बाबा के भन्नु हुन्थ्यो ?
मेरो ममीले धेरै माया गर्नु हुन्छ, जब म लागुऔषध प्रयोग गर्छु भन्ने जानकारी भयो उहाँले सम्झाउनु हुन्थ्यो, नगर यस्तो, उस्तो नगर, म तिम्रो लागि बाँचेको हो छोरा यस्तै धेरै कुरा भन्नु हुन्थ्यो तर यो कुराहरुले खासै फरक पर्दैन थ्यो, केहि छिन भने हो झँै लाग्थ्यो, हस् पनि भन्थे र केहि छिन पछि सब विर्सन्थे । 

लागुऔषध प्रयोग गरिरहँदा केकस्ता समस्या झेल्नु प¥यो ? र सुधार गृह खोल्नु पर्छ भन्ने कसरी सोच आयो ? 
यस्ता काहाली लाग्दा दिनहरु सम्झदा अहिले सपना जस्तो लाग्छ । हिजो बाँचेको जिवन अब सम्झन् समेत मन लाग्दैन् । ११ वर्ष देखिको मेरो लागुऔषध सेवान गरिरहँदा मैले मेरो परिवारको विश्वासलाई टुटाएका थिए , साथीभाईको सम्बन्धलाई विगारेँ, समाजले हेर्ने नजरबाट गिरे, वाल्यकाल देखि नै म्यूजिकसंग लगाव राख्ने व्यक्ति थिएँ, भविष्यमा राम्रो गायक बन्छु भन्ने सपना थियो सपना सपना मै सिमित भयो । त्यति मात्रै कहाँ होर, मैले अत्याधिक लागुऔषध सेवान गर्नाले गर्दा २ महिना २ दिनको बच्चा मेरै काखबाट मृटुको समस्याले गर्दा दैवले चुडेर लग्यो , विश्वास भन्ने चिज फिर्ता ल्याउन सकिन्छ भने व्यक्ति नै भएन भने त्यो व्यक्तिलाई कसरी फिर्ता ल्याउने भन्ने प्रश्न मेरो मनसपटल खेलिरह्यो सबै भन्दा दुखद् घढि भनेको मेरो बच्चालाई गुमाउदाको थियो । सेवान गर्ने क्रममा कयाँै पटक साथीहरुको कुटाई पनि खाँए । जिवनमा नसोचेको कुरा पनि गरे,भोग,लागुऔषधका कारण केही ज्यान गुमाएको पनि देखे । नशाले मानिसलाई के के सम्म गराउन बाध्य गराउने रैछ भन्ने पनि बुझे । 
लागुऔषधको नाशामा पुरै डुबीसे पछि त्यसलाई छुटाउनु त्यती सजिलो भने थिएन । ‘नखाएरै एक दिन पनि वस्नै नसकने भईसकेछु । नखाउँ भन्दा भन्दै पनि खान मन लागी हाल्ने । ‘नशा देखी उम्कन सक्दैन, नशा मै डुबेर मर्छूकी जस्तो लाग्थ्यो । कैयाँै पटक आत्मबल टुट्न खोज्थे तर पनि आफ्नो सकारात्मक सोचहरुलाई डगमगाउन दिईन ।‘नशाबाट छुटकारा पाउनको लागि लामो समय आफुभित्रै लडाइ चलीरह्यो । कति पटक टुत्थे, आशाहरु निराशमा बद्लीन्थे । केहि समयको सुधार गृहमा बसे पछि मनमा नशाबाट छुटकारा पाउन सकिन्छ है भन्ने आशाहरु बढ्न थाल्यो । त्यस पछि घर फर्के, फर्किएर अब आफुजस्तै कुलतमा फसेका युवाहरुका लागि केही गर्छु भन्ने सोच बनाए थिएँ । दुव्र्यसनीमा फसेको दाजुभाईहरुलाई दुव्र्यसनी भनेको यस्तो रोग हो त्यसबाट निस्कानको लागि कोहि कसैको मद्दत चाहिने भएका कारण म त्यहि मद्दती हात बन्नलाई आएको हुँ । र मकवानपुरको हेटौडा ९ लामसुरेमा सिआन पुर्नस्थापना केन्द्र शुरुवात गरँे । र अहिले शाखा कार्यालय हेटौडा ११ नवलपुरमा समेत स्थापना गरेका छौँ ।

मकवानपुरमा लागुऔषध प्रयोग कर्ताको अवस्था कस्तो छ बताईदिनुस्न ?
लागुऔषध सेवन अहिले युवाहरुमा देखिएको प्रमखु समस्या हो । अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने धेरै युवाहरु लागुऔषध दुव्र्यसनीका कारण कुलतमा फसेका छन् । जसका कारण हजारौँ युवाहरुले वर्षेनी ज्यान गुमाउनु परेको छ । सरकारले पनि कुलतमा फसेको युवाहरुका लागि वर्षेनी नयाँ रणनिती नबनाएको पनि हैन । बिभिन्न संस्थाहरु नभएका पनि होइनन् । वर्षेनी जनचेतना सम्बन्धी कार्यक्रममहरु पनि गरीदै आइरहेको छ । त्यस्ता युवाहरुलाई कुलतबाट नफसुन् भनेरै उनीहरुका लागि वर्षेनी लाखौ रुपैयाँ छुट्याइन्छ , लाखौ रुपैया खर्च गर्ने गरिन्छ । तर त्यस्ता युवाहरुको संख्या घट्दोक्रम नभएर संख्या वर्षेनी बढ्ने क्रम रहेको अवस्थामा मकवानपुर जिल्ला पनि यसमा अछुतो रहन सक्दैन । मकवानपुर जिल्लामा औषतमा भन्ने हो भने १० हजार प्रयोग कर्ता छन् ।  

कस्ता प्रयोग कर्ताहरु यो क्षेत्रमा भटिएका छन् ? बढि मात्रामा युवा युवतीहरु लागु औषध सेवनको कुलतमा फसेको भन्ने छ ?
यस क्षेत्रमा अधिकांश दुव्र्यसनीहरु १५ बर्ष देखि ३५ बर्ष मुनीको उमेर समुहका रहेका छन । अधिकांश सेवन कर्ताहरुले चुरोट, सुर्ती, गाँजा, ब्राउन सुगर, कोकेन, ट्यापलेट, डाईजोपाम, नाईट्रोब्याड, कोरेक्स, फेनारगन लगायतका लागुऔषधको प्रयोग गरेको पाईएको छ । तथ्याङकको बिश्लेशन गर्दा किशोर किशोरीहरु, पारिवारिक बिखण्डन भएका युवा युवतीहरु ,बेरोजगार, वैदेशिक रोजगारमा रहेका अभिभावकका सन्तानहरु, घर बाट परित्याक्त बालबालिका एंवम धनाढ्य परिवारका अभिभावकको सम्पर्कबाट टाढा रहेका युवा युवतीहरु लागु औषधको कुलतमा फसेका छन । तथ्याङकले युवा पुस्ता नै लागु औषध दुव्र्यसनको उच्च जोखिममा रहेको समेत देखाउछ ।

लागुऔषध दुर्वव्यसनी नियन्त्रणमा समाज, अभिभावको दायित्व के हुन सक्छ ? तपाईको विचारमा दुव्यसनी नियन्त्रणका लागी के गर्नु हुन्छ ?
लागु औषधको दुव्र्यसन तथा अबैध ओसार पोसार बहुपक्षिय सरोकारको बिषय बस्तु भएकाले दुव्र्यसन नियन्त्रण अभिभावक र समाजको प्राथमिक कर्तव्य भित्र पर्दछ । अभिभावकले आफ्ना सन्तान हरुको शौक्षिक अवस्था, स्कुलमा छोराले के गरिरहेका छन अवलोकन, छोराछोरीको व्यवहारमा आएको परिवर्तन जस्ता कुराका अतिरिक्त लागु पदार्थले पैदा गर्ने शारिरिक लक्षणहरुमा जानकार भई आफ्ना सन्तानहरुलाई लागु पदार्थको कुलतबाट बचाउने कार्य गर्नु पर्दछ । त्यति मात्रै नभएर आफ्ना छोराछोरीको चाहना पुरा गर्नु भन्दा पनि आवश्यकता पुरा गर्न तर्फ लाग्नु पर्छ । भने समाजले लागु औषध प्रयोग कर्तालाई तिरस्कार नगरी सिर्जनशिल एवंम उत्पादनशिल कार्यमा संलग्न गराउने तथा हानी नोक्सानीको बारेमा सचेत हुन सहयोग गर्नुका अतिरिक्त सुधार केन्द्र ल्याई उपचार गछौँ र उपचार गराउनको लागि अनुरोध गर्छु । 

यस क्षेत्रमा तपाइको संस्थाले नियन्त्रणका केही कार्यक्रमहरु गरेको छ कि ?
लागु औषधको दुव्र्यसन सम्बन्धी स्कुल र समुदायसंग मिलेर जन चेतनामुलक कार्यक्रमहरु सम्बन्धित क्षेत्रमा कार्यरत संघ संस्थाहरु संग लागु औषध सम्बन्धि अन्तरकृया , लागु औषध दुव्र्यसन नियन्त्रणका लागी सचेतनामुलक कार्यक्रम , स्कुल कार्यक्रम, सम्बन्धित क्षेत्रका सरोकारवाला संग मिलि परामर्शको कार्यको कार्यहरु गरिरहेका छौँ । 

पहिला र अहिलेको सौजन डिसि लाई समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनु भा छ ? 
धेरै फरक पाएको छु, विगतमा सौजन डिसिलाई गजेडि भन्थे भने अहिले सबैले राम्रो कामको सुरुवात गरेकोमा बधाई तथा हौसल्लाको साथै सहयोग समेत गर्छन । समाज र परिवारले विश्वास गर्नुहुन्छ, वुवाआमाले छोराले  आफ्नो भविश्य बुझिसकेको छ भनेर भन्नु हुन्छ । समाज सँगै परिवारको हौसल्ला साथ सहयोग मिलेको छ । 

लागुऔषध प्रयोग गरिरहँदा जिवनलाई कसरी बुझ्नु हुन्थ्यो ? 
जिवन भनेको आनन्द हो ,अन्तिम चोटी सास रहेसम्म एक सर्को तान्न पाउँ, खान पाउँ भनेर सोच्ने र जिवनलाई रमाइलो तरिकाले लिन्थे र ड्रक नै जिन्दगी जस्तो लाग्थ्यो ।

आज अरुलाई बचाउन पुर्नस्थापना खोलेर बसिरहँदा जिवनलाई कसरी लिनु हुन्छ ?
जिवनलाई व्यक्तिपिच्छे फरक फरक परिभाषाहरु होला मलाई भने जिवन भनेको एउटा जिन्दगीको उपहार हो, उपहारलाई खेर फाल्नु हुदैँन, अर्को अर्थमा भन्दा संघर्ष हो सुख दुखका संघर्ष हो झैँ लाग्छ । विगतमा व्याकिङ जिन्दगी थियो अहिले रङगीन बनेको छ , खुसी छु ।

सुधार केन्द्रमा अझै पनि चुरोटहरु सेवन गरिरहेको देख्छु नि ?
   एकै पटक केहि खान नदिदा व्यक्तिमा मानसिक असर पुग्ने,डिप्रेसनमा जाने, निराष देखिने भएकाले हामीले विस्तारै विस्तारै छुटाउदै जाने परिपाटि बनाउछौँ । यहाँ सबै प्रकारका क्रियाकलापहरु गर्दै प्रयोगकर्तामा फरक संसार तर्फ अर्थात फरक सोच बदल्ने तर्फ उन्मुख हुन्छौँ । 

आगामी योजना के छ ? 
नेपालमा सम्पूण कुराहरुको व्यवस्थति सुधार केन्द्र सायदै कम होला, थेरापेटिकल्ी उपचार हुनुपर्न ठाँउमा  हामी संग त्यो स्रात साधान नभएको कारण हामी अझै पनि त्यो चिजहरुमा पछि परिरहेका छौँ ,आगमी दिनमा यस कुराहरुलाई व्यवस्थापन गर्दै जाने यसलाई अझै कसरी वेष्ट बनाउन सकिन्छ भनेर छलफल गदै अगाडि जाने सोच छ ।

अन्त्यमा केहि भन्नु छ ?
मेलै सँधै भन्ने गरेको छु घर नजिकै आगो बलेकोछ भने निभाउनु पर्छ किन भने त्यो आगोलाई निभाएन भने त्यो आगोले मेरो घर नि जल्न सक्छ । मेरो मतलव यहाँहरुको छोरा भाईवहिनी,कोहि पनि त्यास्तो अवस्था देख्नु भयो भने परिवारलाई खबर गरिदिनुहोस् तपाईको सानो सहयोग ती व्यक्तिको लागि ठुलो हुन सक्छ । जिवन पाउन सक्छ यस तर्फ आम नागरिक सचेत हुन आग्रह गर्छु । दुव्र्यवसनी लागुऔषध एउटा रोग हो, यसको उपचार सम्भव छ । दुव्र्यवसनीबाट उपचार पाउन चाहानु हुन्छ हामीलाई सम्पर्क गर्नुहोस् । हामी २४ सँै घण्टा तपाईहरुको लागि सेवा दिन हाजिर छौँ । अन्तमा मैले र मेरो संस्थाले गरेका कार्यहरु हजुरहरुको लोकप्रिय अनलाइन दामनपोष्ट र पत्रिका मार्फत सबै सामु पु¥याउने अवसर दिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद भन्न चाहानुहुन्छ । 
धन्यवाद



0 comments

Write Down Your Responses