Powered by Blogger.
वृद्ध भत्ता पाउने उमेरमा बागमतीका मुक्तानले नागरिकता पाए

रुपक कालिराज 
मकवानपुर / मकवानपुरमा ७२ बर्ष कटेका वृद्धले नागरिकता लिएका छन् । नागरिकता लिने उमेर १६ बर्ष भएतापनि उनले बुद्धभत्ता बुझ्ने उमेरमा नागरिकता लिएका हुन् ।

बागमती गाउँपालिका वडा नम्बर ६ वस्ने जित बहादुर मुक्तानले जन्मेकोे ७२ बर्षपछि नागरिकता लिदाँ  खुशी भएका छन । किशोरावस्था हुँदा जिल्लामा कयाँै पटक धाउदाँ समेत नबने पछि चुप लागेर बसेका जित बहादुर मुक्तानले नागरिकता लिदाँ आफुमा खुशी छाएको बताए । 

हाल उनी अपाङ समेत छन् । उनका दाजुभाईले बोकेर ल्याएर उनको नागरिकता बनाई दिएको गाउँपालिकाका स्वकीय सचिव मनोज बलले बताए । 

नागरिकता पाइयो अव वृद्ध भत्ता पाइने भयो । आफु अपाङ भएर विताईरहँदा अब भने केहि राहत पाएकोमा खुशी हुदै उनले भने,“अव त उपचार खर्च र खाजा खाने पैसा हुने भो सरकारले भत्ता दिन्छ रे सजिलो हुनेभयो ।” मुक्तान २००३ बैशाख ५ गते बागमती गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका हुन् । 

त्यस्तै बागमती गाउँपालिका वडा नम्बर ६ का शान्तिमाया राईले पनि ७१ बर्षमा नागरिकता पाएका छिन् । उनले भनिन् नागरिकता नपाई मर्छु कि भन्ने लागेको थियो गाउँपालिकाले नागरिकता दियो खुसीले सिमा नरहेको बताईन् । उनले भनिन्, “सरकारले भत्ता दिने भनेको थियो औषधीउपचार गर्न खर्च हुनेभो । ”

उनि जस्तै वुढेस्कालमा नागरिकता पाउने धेरै रहेको भन्दै गाउँपालिका अध्यक्ष सर्केश घलान भने, “त्यस्तो व्यक्तिहरुलाई हामीले खोजी गरि सहजतबरबाट नेपाली नागरिकता प्रदान गर्न लागिरहेको छौँ ।”  प्रमुख अथिति समेत रहेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जनताले पाउनु पर्ने नैर्शगिक अधिकारबाट कोहि पनि बञ्चित नहुनको लागि यस्ता शिविर विभिन्न ठाउँमा संचालन गरिरहेको बताए । 

0 comments

Write Down Your Responses