Powered by Blogger.
रेडियो सन्देशको परिक्षण प्रशारण शुरु, समुदायको आवाज समेट्ने प्रयास गर्ने प्रतिबद्धता

हेटौंडा / सामुदायिक सञ्चार समुह सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज आजबाट प्रशारणमा आएको छ । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०/०७३/०७४ दर्ता भएको  रेडियो सन्देश असोज १ गतेदेखी www.radiosandesh.com अनलाईन मार्फत प्रशारणमा आएको थियो ।

३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट रेडियो प्रशारणको आरम्भ भएको छ ।
रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) का अध्यक्ष सुनिल खड्काले जानकारी लिनुभयो ।


बिल्कुलै नयाँ ढंगले रेडियो सञ्चालन गरिने खड्काको दाबी छ । रेडियो ले ताजा सन्देश अनि पुर्ण मनोरञ्जन दिनुका साथैं आवाजको दुनियाँमा एउटा पृथक पहिचान बनाउने उधेश्य रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
रेडियो दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।

0 comments

Write Down Your Responses