Powered by Blogger.
सुदुरपश्चिमको कला र गलाको प्रचार प्रसार गर्न सकिरहेका छैनौं

पुष्प कुँवर, गायक तथा मोडल

स्थायी घर अछाम  जिल्ला साँफे नगरपालिका–३ भएका पुष्प कुँवर कलाकारिताका क्षेत्रमा उदाउँदै गरेका नयाँ पुस्ताका एक अब्बल प्रतिभा हुन् । काठमाडौंलाई कर्मथलो बनाएर नाम कमाउने र समाजलाई केही योगदान दिने सपना बोकेर उनी काठमाडौंमा संघर्ष गर्दै छन् ।


संयोगले दामन पोष्ट साप्ताहिक पत्रिकाको कार्यालय आइपुगेका पुष्प आफ्नो विगतलाई सम्झदै बाल्य अवस्थामा रेडियोबाट प्रसारित एक दोहोरी कार्यक्रमबाट आफू प्रभावित भएको बताउँछन् । उक्त कार्यक्रम सुनेपछि आफूलाई पनि त्यसै गरी बोल्ने चाहना भएकाले स्कुल पढ्दै गर्दा आफूले पनि क्यासेट किनेर आफ्नो आवाज पटक पटक रेकर्ड गर्ने र सुन्ने अनि सुनाउने गरेको विगत उनले सुनाए । 

उनी भन्छन्– ‘कसरी राम्रो प्रस्तोता बन्ने होला भन्ने चिन्ताले पिरोलिरहन्थ्यो । त्यसैले कक्षा १० मा पढ्दा हातमा मोबाइल परेपछि मैले दिनको एकपटक मेरो आवाज रेकर्ड नगरेको त सायदै दिन कमै भए होलान् ।’ त्यसपछि पत्रकारिताको तालिम लिएर विभिन्न पत्रपत्रिका, स्थानीय एफ.एम.मा रिपोर्टिङ गरेर यस क्षेत्रमा आफ्नो क्षमता देखाएको  उनी बताउँछन् ।

जिन्दगीले करिब दुई दशकको फन्को मार्दै गर्दा करिब एक दर्जन भन्दा बढी ‘सर्टमुभि’मा काम गरिसकेको अनुभव उनीसंग छ ।

पछिल्लो समयमा आफूलाई अब्बल कलाकार तथा मोडल बनाउने प्रयत्नमा लागेका कुँवर यति बेला  भने म्युजिक भिडियोमा मस्त तथा व्यस्त छन् । मोडेल कुँवरले कहिले डिज्य  गीत त कहिले देउडा गीतमा मोडलिङ गरिरहेका छन् । प्रस्तुत छ उनीसंग दामन पोष्ट प्रतिनिधलिे गरेको कुराकानीः

कस्तो छ तपाईलाई अनि कसरी चलिरहेको छ दिन चर्या ?

ठिक छ मलाई अनि दिन चर्या पनि राम्रौ संग चलिरहेका छन् । गीत साँगीतमा व्यस्त छु । विहान ४.३० मा म उठ्छु । ५ बजे नृत्य कक्षा जान्छु  । डान्स सिकी रहेको छु । ८ बजे आँउछु ।

आएपछि संगित संरचना रच्छु । १० बजे खाना खाएर बिभिन्न कार्यक्रममा जान्छु ।  रेकर्डिङमा जान्छु । दिनमा साथीहरुसंग भेट घाट हुन्छ । त्यसैमा व्यस्त भइन्छ । बढि  जस्तो म्युजिक  भिडियोको सुटिङमा व्यस्त हुन्छु ।  आज भोलि दशै तिहार नजिकिदै आइरहेका छन् । दशै तिहार सम्बन्धी गीतमै व्यस्त छु ।

तपाई पत्रकार मान्छे, पत्रकारिता छोडेर किन यो कलाकारिता तिर लाग्नु भो, कलाकारितामा त्यस्तो के देख्नु भो ?

हो, म पत्रकार पनि हो तर हेर्नुस्, सुदुर पश्चिम कला संस्कृतिमा धनी प्रदेश हो  । तर डिम्वना अर्कै छ । हामीले त्यहाँको कला–गलाको प्रचार प्रसार गर्न सकिरहेका छैनौं । त्यहाँको सांँकृतिक सम्पदाको हामीले सरक्षंण गर्न सकेका अवस्था छैन । त्यसैले हामी पछाडी परेका छौं ।

त्यसमा पनि देउडा सुदूर पश्चिमको अत्यन्त प्रसिद्ध गीत हो । यसमा नयाँ पुस्ताको आगमन हुनुपर्छ र नयाँ पुस्ताको मनोभावना समेटेर देउडाले आम युवालाई आनन्दित बनाउँनुपर्छ भन्ने उद्देश्यले मेरो रोजाइ देउडा नै भएको हो । 

मैले पत्रकारिता संगै सुदुरपश्चिमको सँस्कृतिको पनि प्रचार प्रसार गर्ने उद्देश्यले दुईटै पेशा अंगालेको हो । हाम्रो कला संस्कृतिको जगेर्ना गर्ने र प्रचार प्रसार गर्ने जिम्मेवारी हामी नयाँ पुस्ताको नै हो भन्ने देखेर कलाकारिता क्षेत्रमा लागेको हुँ । 

पत्रकारिता भन्दा कलाकारितामा त्यस्तो मैले केहि देखेको होइन केवल अपनत्व र आफ्नो पहिचान उजागर गर्नुपर्छ भन्ने मान्यता बोकेको हो । तसर्थ मैले दुईटै पेशामा अंगालिरहेको छु ।

दुई वटै पेशामा अंगालि रहनु भएको छ, तर दुई पेशामा समय दिन सक्नु हुन्छ ?

समय दिइरहेकै छु । समय त आफुले मिलाउने कुरा हो । मैले गीत  सगीतमा पनि काम गरिरहेको छु । पत्रकारितामा पनि कलाकारितामा पनि सकेजति गरिएकै छ ।  गीत लेख्छु ।   साँगीत गर्छु । मोडलिङ गरि कलाकारितालाई अगाडि बढाई रहेको छु ।

पत्रकारितामा पनि केहि अनलाईन मिडियामा काम गरि रहेको छु । सर्ट मूभिमा काम गरि रहेको छु । कलाकारिता सम्बन्धी रिर्पाेटिङ गरिरहेको छु । मेरो लागि कलाकारिता, पत्रकारिता दुई वटै पेशा उक्तिकै महत्वपुुर्ण छन् । मैले पत्रकारिता छोडे जिन्दगी अधुरो जस्तो लाग्छ । कलाकारिता छोडेर पनि त्यस्तै लाग्छ ।

त्यसैले मैले पत्रकारिता छोडेर, कलाकारितामा मात्र कहाँ अंगाल्न सक्छु र ? त्यसैले दुई वटै पेशालाई त्यत्तिकै माया गरि रहेको छु । काम गरि रहेको छु ।

यी दुई वटा पेशा यस्ता पेशा हुन्, जसमा नाम छ, दाम छैन भन्दै केहि साथीहरु यो पेशाम टिक्न सकेको अवस्था छैन, यसबारे के भन्नुहुन्छ ?

हो, तपाईले भने जस्तो यी दुईटै पेशामा नाम छ तर दाम छैन । यो कुरा पनि एक किसिमले ठिक हो तर यस्तो चाहि छैन । जो कुराहरु बुझेर यी पेशामा आँउछन् उनीहरुलाई खासै समस्या हुन्न ।  जसले पेशालाई बुझेका छैनन् ति मान्छे अहिले पनि स्थापित कलाकार छन् । राम्रो आम्दानी गरिरहेका छन् । 

दुर्गम जिल्लाबाट काठमाडौ आएर पनि काठमाडौँमा घरवार जोडि सकेको अवस्था छ । यस्तै अरुको देखा सिकीमा लागेर यो पेशा अंगालेका धेरै साथीको अवस्था परिस्थिति भने तपाईले भने जस्तै भएको छ । 

ती साथीहरुले गीत सगीत नबुझेर, अरुकै लहैलहैमा लागेर, म्युजिक भिडियोमा मेकअफ गरि राम्रा देखिएका मोडलहरु देखाएर लहडमा साँगीतिक क्षेत्रमा हामफालेका साथीहरु केहि समय चर्चित भए । अरुको देखासिकीमा लागे ।  

तर बिडम्वना साँगीतिक क्षेत्रमा जम्न सकेनन् । साँच्चै भन्ने हो भने ती पात्रहरु साँगितिक क्षेत्रलाई माया गरेर आएका होइनन् । टिभि, युटुब, म्युजिक भिडियोमा देखिन आएका हुन् । एक चोटी टिभि, युटुब, म्युजिक भिडियो देखे पछि विस्तारै बिलाउँदै गए । गीत संगितलाई बुझेको मान्छेहरु अहिले पनि उति चलेका छैनन् । 

राम्रौ आम्दानी गरि रहेका छन् । तीनिहरुका गीत त्यत्तिकै नै राम्रा छन् । एउटा कुरा के हो भने संगितको मर्म बुझेर आउने मान्छे विस्तारै आँउछन् । पछि सम्म टिकी रहन्छन् । जो गीत संगित बुझेर होइन्, टिभि,म्युजिक भिडियोमा देखिनको लागि आएका हुन् ती मान्छे छिटो म्युजिक भिडियो टिभिमा देखिन्छन् । छिट्टै बिलाएर जान्छन् ।



सांँगीतृक क्षेत्रमा विकृति मौलाएको छ भनिन्छ, यो के हो ? यसमा तपाई के भन्नु हुन्छ ? 

हो, मैले भनि सके कि जो सँगीत नबुझेर  यस क्षेत्रमा आँउछ उसले होहल्ला गर्ने, आफु चर्चित हुनको लागि जस्तो सुकै गीत गाउने, त्यस्तै मोडल राख्ने , मोडलिङ गर्ने, अछृङ्खल शब्दको प्रयोग गर्ने  लगायतका यी नै साँगीतिक क्षेत्रका विकृति हुन् । 

जुन गीत आफनो परिवारको साथमा बसेर हेर्न लायक छैन । सामाजमा पच्ने खालका छैनन् । अरुको नक्कल गरि रहेका छन् । यी नै विकृति साँगीतिक क्षेत्रमा मौलाएको छ । यसको पनि एक दिन अत्य भएर नै जाने छ । 

जस्तै गीत, सँगीत नबुझेर यो क्षेत्रमा हामफालेका केहि साथीहरु यो क्षेत्रमा टिक्न नसकेर बिदेश पलायन भए  । त्यसरी नै एक दिन यो सँगीतको विकृति पनि बिलाएर जाने छ । 

सँगीतको मर्म बुझेर गीतमा लागेको मान्छेले कहिल्यै विकृति फैलाउँदैन । उसले रचेका रचनाहरु सधै अमर रहि रहन्छन् । ती कहिलै बिलाएर जाँदैनन् । ती विस्तारै आउँछन् अजम्वरी रहि रहन्छन् ।

अन्तमा केहि छ भन्नै पर्ने ?

साँगीतिक क्षेत्रमा लाग्दा गीत, सँगीतको मर्म बुझेर लाग्नु होला । गीत सँगीतमा लाग्ने तपाईको सोच हो भने पनि गीत,सँगीत बुझेको मान्छेसंग सुझाव सल्लाह गरि यो क्षेत्रमा प्रवेश गर्दा राम्रो हुन्छ । 

हामीले गाउँने गीत, हाम्रो समाजले रुचाओस ।  हामीले गाएको गीत सबै घरपरिवारसंग बसेर हेर्न सकिने खालेको होस् । हामीले गाएको गीत अजम्वरी रहि रहने खालको होस्  । यही भन्न चाहन्छु । 



0 comments

Write Down Your Responses