Powered by Blogger.
टिष्टुङ महोत्सव : चिउरा कुटेर परम्पराको जर्गेना

रुपक कालिराज
थाहानगर / उत्तरी मकवानपुरको थाहा नगरपालिकाको टिष्टुङ(बज्रवाराही)मा जारी टिष्टुङ महोत्सवमा ‘पापुङ महिला होमस्टे समुहले’ धेरैको ध्यान तान्यो । मेलामा धैरै प्रकारका प्रविधीको प्रदर्शनी भएपनि उक्त महिला समुहको परम्परागत घरेलु चिउरा कुट्ने प्रविधि हेर्न ठुलै भीड देखिन्थ्यो ।

मिलमा कुटेको चिउरा खाइरहदाँ युवा पुस्ताले उडलमा चिउरा कुट्ने परम्परागत विधि नै देखेका थिएनन् । ती हेर्नको लागि महोत्सवमा आएका दर्शकहरु मञ्चमा भन्दा त्यसतर्फ आकर्षित थिए । उनीहरु अफ्नो स्टलमा निर्कै व्यस्त देखिन्थे । कोही धान भुट्दै थिए, खलमा कुट्दै थिए, निफन्दै थिए भने कोही चिउरा बेच्दै । नेवारी पोशाकमा सजिएका उनीहरु आफ्नो परम्परागत प्रविधिको प्रचार–प्रसार गर्न र मेलामा आउनेलाई चिउराको स्वाद चखाउन मेलामा स्टल राखेका हुन् ।  

उनीहरुले त्यो चिउरा ३०० रुपैयाँ प्रतिकिलोमा बेचिरहेका छन् । स्थानिय लोकल चामलबाट बनाइएको सो चिउरा अन्य चिउरा भन्दा निकै स्वादिस्ट हुने उनीहरुले दाबी गरे । चिउरा कुट्ने प्रविधि लोप हुँदै गईरहेको अवस्थामा यसलाई संरक्षण तथा टिस्टुङलाई पहिचानको रुपमा विकास गर्ने उद्देश्य अनुरुप होमस्टेमा समेत यस चिउरा प्रयोग गरिरहेको ‘पापुङ महिला होमस्टे समुहका सचिव जानकी क्षेष्ठले बताइन् । ‘जात्रा, चार्ड पर्वहरुमा हाम्रो चिउरा निकै बिक्छ तर अरु बेलामा त्यती धेरै बिक्दैन’ श्रेष्ठले भनिन् । समुहमा १६ जना सदस्य रहेको जानकारी दिइन् । आफ्नो संस्कृती जोगाउन तथा मेलामा चिउरा बेचेर केही आय आर्जन गर्न महोत्सव आएको उनीहरुको भनाइ छ । 

 यसरी चिउरा बनाउन कठिन भएपनि स्वाद भने निकै फरक हुने बताएका छन् । बजारमा पाउने भन्दा निकै महँगो भयो नि भन्ने प्रश्नमा क्षेष्ठ भन्छिन्,“१ केजि चिउरा कुट्न ३ जना आवश्यता पर्छ र ३ जनाले १ केजि चिउरा तयार गर्दा १ घण्टा लाग्ने भएको करण महँगो भएको हो ।” 

उडलमा चिउरा कुटिरहेका महिलाहरुले २० औँ बर्ष भइसकेको उडल र लुसी छ, यो पुरानो भईसक्यो,चिउरा कुट्न आवश्यक जनशक्ति, काठको उडल र लुसी पनि पाइँदैन । गाउँमा उडल र लुसी बनाउने जनशक्ति छैन । यस्ता पुराना नेपाली मौलिक सँस्कृति जोगाउन सम्बन्धित निकायबाट पहल नभएकोमा भने उनीहरुको गुनासो छ । 

असोज २७ गते सम्म चल्ने महोत्सवमा करिब २१ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको श्रेष्ठले बताए । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित आयोजित महोत्सवमा ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको मूल आयोजक समारोह समितिका संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताएका छन् ।

0 comments

Write Down Your Responses