Powered by Blogger.
थाहा नगर उद्योग वाणिज्य संघले इन्द्रायणी मन्दीरमा क्षमा पुजा गर्दै दियो महोत्सवको औपचारिक जानकारी


पालुङ । थाहानगर उद्योग वाणिज्य संघले आँउदै गरेको विजया दशमी २०७५ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम  आयोजना गरेको छ ।  

आगामी कात्तिक १० देखि १८ सम्मका लागि आयोजना  गरिएको थाहा महोत्सवको जानकारी सहित इन्द्रायणी चौरमा  शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।

थाहा नगरपालिकाका मेयर लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्य रहेको थियो । 

कार्यक्रममा थाहानगरका विभिन्न संघसंस्था, वडा अध्यक्षहरु, उद्योगी व्यवशायी तथा  राजनीतिक दलकाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संचालन स्थल इन्द्रायणी माईको मन्दिरमा क्षमा पुजा समेत गरिएको अध्यक्ष खत्रीले बताए ।   

0 comments

Write Down Your Responses