Powered by Blogger.
नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीको दशैँ शुभकामना आदान प्रदान

Image may contain: 4 people, including Prembahadur Pulami, people smiling, people sitting, people standing and indoor
फापरबारी / नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीको आयोजनामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 
नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीको सभापति केशव तिमल्सिनाको सभाध्यक्षता तथा प्रदेश सांसद प्रेम पुलामीको प्रमुख आथित्यतामा भएको हो । प्रमुख अथिति प्रदेश सांसद प्रेम पुलामीले विजया दशैं तथा शुभ–दीपावलीको अवसरमा नेपाली–नेपाली बीच सदैव आपसी सदभाव, सम्पूर्ण नेपालीहरुको सुख समृद्धि र हर्षोल्लासको कामना गर्दै शुभकामना प्रदान गरेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा  यस क्षेत्र वरीपरी रहेका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु तथा केहि व्यक्तित्वहरुले शुभकामना दिएका थिए ।​

कार्यक्रममा बागमती गाउँपालिकाका अध्यष अध्यक्ष सर्केश घलान, बेतेनी हेल्थ पोष्टका इन्चार्ज योगेन्द्र चौधरी, फापरबारी इलाका बन कार्यालयका मोहन खडका, कृषि सेवा कार्यालयका राम चरित्र यादब, भुतपुर्व नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीका सभापति भक्त बहादुर राई, नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीको निबर्तमान जिल्ला सदस्य मंगल रखाल, पार्टी प्रतिनिधि भिम प्रसाद घिमिरे, खेम जर्घा लगायतको आथित्यता रहेको थियो । 
शुभकामना तथा चियापान कार्यक्रम शर्मिला बिकले संचालन गरेकी थिइन् ।

0 comments

Write Down Your Responses