Powered by Blogger.
सहकारी मार्फत नै आर्थिक संमृद्धि सम्भव छ : प्राध्यापक डा. कंडेल

थाहानगर / सहकारी मार्फत नै आर्थिक संमृद्धि हासिल गर्न सकिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कडेलले बताए । थाहा नगरपालिकामा रहेको पालुङ्ग बहुदेश्यिय सहकारी संस्थाको १९ औं साधारणसभाको उद्घाटन गर्दै कडेलले नेपालको आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउदै सहकारी सामाजिक रुपान्तरणको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 
हरेक सहकारीहरुमा पारदर्शिता हुन आवश्यकता रहेको भन्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारीलाई बाहकको रुपमा प्रवद्र्धन गर्नुपर्ने उनको धारणा थियो । कडेलले अबको राष्ट्रिय विकास योजनाले सरकारको नारालाई सार्थक पार्ने बताए ।

साउनबाट सुरु हुने १५ औं विकास योजनाले देशमा विकासले गतिलिने र सरकारको सुखी नेपाली समृद्ध नेपाल नारालाई पुर्णता दिने बताए । व्यवस्थित ढंगबाट योजनाहरु सञ्चालन नगर्दा नेपालको बिकास पछि परेको उल्लेख गर्दै अहिले सम्म चल्दै आएको बिकास मोडलले अबको एक सय बर्ष सम्म पनि देशले बिकासको गति नलिने जिकिर गरे । 
१० करोडको योजनाको लागि १ लाख छुट्याउने परम्परा रहिआएको भन्दै अबको दिनमा बजेट छर्ने काम बन्द गर्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । अबका दिनमा ठुला योजनामा मात्रै केन्द्रिय तहबाट काम गर्ने भन्दै दुई जिल्ला वा प्रदेश जोड्ने योजनाको काम गरिने  बताए । यसैगरी सहकारी जनताको तल्लो तहसम्म पुग्ने भएकाले जनताको समृद्धिबाटै सरकारको लक्ष्य पूरा हुने बताए । 

यस्तै थाहा नगरपालिका प्रमुख लवशेर विष्टले सहकारी प्रतिको विश्वासबाट नै विकास सम्भव भएको बताए । सहकारीले उत्पादनका साथै उद्योग, व्यापार व्यावसायमा जोड दिनुपर्ने बताए । आर्थिक उत्पादानमा सहकारीको भूमिका बढाउन तपाइहरु भिजन, योजना र प्रतिवद्वतासहित आउनुहोस्, थाहानगरपालिकाले सहजिकरण गर्न तयार छ’ उनको जोड थियो ।

थाहा नगरका उपप्रमुख खड्ग गोपालीले सहकारीले नाफामुलक भन्दा पनि रोजगारीमूलक, कृषि पर्यटनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष विमल कुमार ढकालको सभाध्यक्षता भएको कायक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ लेखा समितिका संयोजक महेश्वर सुवेदी, नेपाल पत्रकार महासंघ ३ नंं प्रदेश अध्यक्ष प्रताप विष्ट ,लेखा समिति संयोजक उमेश प्रसाद ढकाल, हरिकृष्ण कार्की, उर्मिला भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मकवानपुर जिल्लाकै ठुलो सहकारीको रुपमा स्थापित पालुङ्ग सहकारीमा ६ हजार बढी सदस्य आवद्ध रहेकाछन् ।

0 comments

Write Down Your Responses