Powered by Blogger.
२०औँ वार्षिकोत्सवको अवसरमा श्री लालीगुराँस सहकारीको नयाँ योजना


काठमाडौं । ललितपुर स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ क्षेत्रमा लगानी गर्ने भएको छ । 

संस्थाको २०औँ वार्षिकोत्सवको अवसर पारेर प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आगामी वर्षमा थप नयाँ योजना अघि बढाउँदै लैजाने बताए । 

संस्थाले बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुर, ताल्छीखेलमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षातर्फ काठमाडौं, नयाँबानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि र कलेज, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावरमा लगानी गरेको छ ।



त्यस्तै, डेरी परियोजनातर्फ चितवन खैरहनीमा लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेष्टमेन्ट ट्रेडिङ कम्पनीलगायत अन्य विभिन्न संघसंस्था तथा कम्पनीमा लगानी गरेको संस्थाले जनाएको छ । 

संस्थाको मुख्य लगानीमा सञ्चालित लालीगुराँस हस्पिटल प्रालिले प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको भण्डारीले जानकारी दिए ।

संस्थाको ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुविधा काउन्टर रहेको छ । ३ सयजनालाई संस्थाले रोजगारी दिएकोे छ । 

प्रमुख कार्यकारी निर्देशक भण्डारीले हाल तीन स्थानमा रहेको सदस्य सुविधा काउन्टरलाई वृद्धि गरी विभिन्न जिल्ला र राजधानीको अन्य केही स्थानमा पु¥याउने तयारी भइरहेको जानकारी दिए ।



0 comments

Write Down Your Responses