Powered by Blogger.
नेपाल संवतको अवसरमा टिष्टुङ महोत्सवको औपचारिक समापन, दामन पोस्ट साप्ताहिक र दामन पोष्ट डटकमलाई कदरपत्र


टिस्टुङ(मकवानपुर) । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ बज्रवाराही (टिष्टुङ)मा नेपाल संवत् ११३९ को अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । 

न्हुँ दँ भिन्तुना ११३९ मूल समारोह समिति र बज्रवाराही बजार व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम भएको हो । सो अवसरमा टिष्टुङमा गत असोज २४ देखि २७ गतेसम्म संचालन भएको टिष्टुङ महोत्सवको पनि समापन गरिएको छ । समापन कार्यक्रम अघि नेपाल संवतको अवसरमा टिस्टुङबाट पालुङसम्म मोटरसाइकल ¥याली समेत आयोजना गरिएको थियो ।

¥यालीपछि आयोजित विशेष सभामा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले प्रमुख आतिथ्य गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि लवशेर विष्टले नेपाल संवत् राष्ट्रिय संवत् भएकोले कुनै एक समुदायको मात्र संवत् हो भन्ने भावनाबाट सबैजना टाढा हुनु पर्ने बताए । राष्ट्रिय विभूति समेत रहेका शंखधर साँख्वाले शुरुवात गर्नु भएको नेपाल संवत् अब आम नेपालीको साझा संवत् भएकोले यस दिनलाई उत्सवको रुपमा संचालन गरी सबै समुदायको उत्तिकै सहभागिता र अपनत्व हुनुपर्ने बताए । 

कार्यक्रममा विष्टले नेपाल संवतलाई ठाउँ ठाउँमा विभिन्न कार्यक्रम गरेर मनाउनु भन्दा पनि नगरस्तरमै एउटै कार्यक्रम गरेर एकताको सन्देश दिन सुझाव दिए । उनले टिष्टुङ महोत्सवबाट पर्यटन प्रवद्र्धनमा पुगेको योगदानको प्रसंशा गरे ।



कार्यक्रममा विशेष अतिथि नगर उपप्रमुख खड्ग गोपालीले नेवारी समुदायको इतिहाँस र थाहानगरमा उनीहरुको वस्ती विकासको विषयमा बोलेका थिए । 

बज्रवाराही बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले नेपाल संवतलाई नेवारी समुदायको मात्र संवत् भनिरहेको सन्दर्भमा बज्रवारहाीमा सामुहिक रुपमा यो दिवस मनाएर साझा सन्देश दिन सफल भएको बताए । उनले नेपाल संवत् कुनै काल खण्डमा एक समुदायको थियो होला अब यो संवत् साझा संवत् भएको धारणा राखे । 


कार्यक्रमको अवसरमा बज्रवाराही बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् टिष्टुङ महोत्सवव मूल समारोह समितिका संयोजक श्रेष्ठले महोत्सवको आम्दानी खर्च समेत सार्वजनिक गरे । संयोजक श्रेष्ठले महोत्सवमा आम्दानी १७ लाख ३८ हजार १ सय ८५ रुपियाँ भएको र खर्च १४ लाख ९८ हजार १ सय ५० भएको जानकारी गराए । उनले २२ कार्तिकसम्मको आम्दानी खर्च उल्लेख गर्दै आम्दानी खर्च सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा सम्पुर्ण सामाजिक संस्थाहरुके तर्फबाट सानाकिसान सहकारीका अध्यक्ष महेश्वर सुवेदीले सबैको प्रयासले महोत्सव सफल भएकोमा खुसी व्यक्त गरे । 



न्हुँ दँ भिन्तुना ११३९ मूल समारोह समितिका संयोजक प्रमोद जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा वडा अध्यक्षहरु क्रमशः हेरमान गोपाली, विष्णु बहादुर गुरुङ, शशीधर सुवेदी, परशुराम श्रेष्ठ र हिरा बहादुर गमाल, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्रबहादुर बलामी, नेपाल पत्रकार महासंघ काठमाण्डौंका अध्यक्ष शन्तराम विडारी, पत्रकार सुरजकुमार भुजेल, रामजी बलामी, कुमार नेगी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख ध्रुवप्रसाद सिलवाल लगायतकाको आतिथ्यता रहेको थियो । 



कार्यक्रमको अवसरमा टिष्टुङ महोत्सव संचालनको क्रममा महत्वपुर्ण योगदान पु¥याएको भन्दै महोत्सव मूल समारोह समितिको तर्फबाट थाहा नगरपालिका कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै दामन पोष्ट साप्ताहिक र अनलाइन न्यु पोर्टल दामन पोष्ट डटकम पनि सम्मनित भएको छ । 



दुबै संस्थाका तर्फबाट सम्पादक शन्तराम बिडारीले कदर पत्र ग्रहण गरेका थिए । यसैगरी विकास खबरपत्रिका साप्ताहिक, शान्तिपुर दैनिक, रेडियो पालुङ, रेडियो इन्द्रसरोवर, रेडियो दामनलाई पनि महोत्सवको प्रचार प्रसारमा योगदान पु¥याए वापत कदर पत्र दिइएको छ । कार्यक्रममा स्थानीय बाजाहरुको विशेष प्रस्तुती रहेको थियो भने तिनीहरुमध्ये गोलाप्रथाद्धारा एक समुहलाई नगद पाँच हजार रुपैंयाबाट पुरस्कृत गरिएको थियो । त्यसरी पुरस्कृत हुनेमा ओखरगाँउ लामा समुह रहेको छ । यसैगरी अको वर्षको नेपाल संवत मनाउनका लागि संयोजक घोषणा गरिएको छ । अर्को वर्षको कार्यक्रमको जिम्मेवारी सानुकाजी गोपालीले पाएका छन् । 



0 comments

Write Down Your Responses