Powered by Blogger.
ऐतिहाँसिक टिस्टुङ उपत्यकामा सामुहिक म्हः पुजा गर्दै मनाइयो नेपाल सम्वत (तेह्र तस्बिर सहित)


टिस्टुङ(मकवानपुर) । संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उत्तरी मकवानपुरको ऐतिहासिक टिस्टुङ उपत्यकामा सामुहिक म्हः पुजा सम्पन्न भएको छ । 

टिस्टुङ बज्रबाराही नेवा पुचको संयोजनमा कात्तिक २२ गते अपरान्ह  गोवद्र्धन पुजाको दिन म्हः पुजा गरिएको हो । टिस्टुङ स्थित पापुङको लाछी (डबली) मा उपत्यकाम बाहिर पहिलोपटक सबैको प्रतिनिधित्व हुनेगरी  सामुहिक म्हः पूजा आयोजना  भएको छ । 



नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३९ तथा गोवद्र्धन पुजाको अवसरमा ऐतिहासिक टिस्टुङ उपत्यकामा  पहिलो पटक सामुहिक म्हः पुजा सम्पन्न भएको टिस्टुङ बज्रबाराही नेवा पुःचका अध्यक्ष हरिगोपाल श्रेष्ठले बताए ।  

संस्थापक अध्यक्ष बिनोद महर्जन लगायतको पहल र सक्रियतामा भएको सो कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको थियो ।  



नेवा पुच, ज्यापु महगुठी, हलिः नेवाः गुठी, रामलाल श्रेष्ठ स्मृति प्रतिष्ठान लगायतको संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रम सांस्कृतिक भाइचारा, पर्यटन प्रवद्र्धन र संस्कृति तथा मौलिक परम्पराहरुको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको संस्थापक अध्यक्ष बिनोद महर्जनले बताए । 

सो कार्यक्रममा ज्यापू संस्कृति विकास कोषका उपाध्ययक्ष सन्तकुमार  महर्जन प्रमुख अतिथि हुनुहुन्थ्यो भने थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपाली, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष तथा टिस्टुङ बज्रबाराही निवासी शन्तराम बिडारी, पत्रकार तथा लेखक जितेन्द्र रसिक,  काठमाडौं महानगरपालिका १२ वडाका जनप्रतिनिधि पुष्परत्न प्रजापति, जय किसान सहकारीका अध्यक्ष न्हुक्षे महर्जन लगायत सहभागि थिए । 



कार्यक्रममा  प्रमुख अतिथि ज्यापू संस्कृति विकास कोषका उपाध्ययक्ष महर्जनले  नेवा पुचको यो कार्यक्रमले टिष्टुङको संस्कृति जगेर्ना मात्र नभई आगामी दिनमा यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपुर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।  यस्ता कार्यक्रमका लागि ज्यापु संस्कृति विकास कोषको सदैव सहयोग रहने उहाँको भनाई थियो ।

न्हुँ द अर्थात नेपाल संवतको नयाँ वर्षमा पुचःले नेपाल संवतको प्रणेता पद्मरत्न तुलाधरको निधनले  नेवार समुदायलाई मात्र नभई सिंगो मुलुकलाई अपुरणिय क्षति पुगेको  बताउँदै मौनधारण कार्यक्रम राखेको थियो ।



 तुलाधर प्रती श्रद्वाञ्जली सहित औपचारिक कार्यक्रम समापन पछि सामुहिक म्ह पूजा आयोजना  गरिएको थियो । सामुहिक म्ह पुजामा हाम्रो समाजमा रहेका सबै जातजातिको प्रतिनिधीत्व रहेको थियो । 

यो कार्यक्रमपछि आफ्नो आत्म शुद्धिको लागि गरिने म्ह पुजा अर्थात शरिरको पुजा नेवारको मात्र नभएर सबै जातिको पर्व हुँदै गएको पुष्टी भएको छ । सामुहिक म्ह पुजामा ब्राम्हण, ज्यापु, गोपाली, तामाङ, कपाली(कुस्ले) लगायत सबै जातिको सहभागिता थियो ।



कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले आगामी दिनमा टिस्तुङमा पर्यटन प्रवद्र्धनमा लागि पर्दै आएका नेवा पुचः को साथमा नगरपालिकाको सधैं सहयोग रहने प्रतिवद्वता व्यक्त गर्नु भयो ।  

त्यस्तै काठमाडौं महानगरपालिका १२ वडाका जनप्रतिनिधि पुष्परत्न प्रजापति र जय किसान सहकारीका अध्यक्ष न्हुक्षे महर्जनले  तिस्तुङमा कृषि  उत्पादनलाई प्राथमिकता दिएर  टिस्टुङलाई कृषि उपजमा आत्मनिर्भर गराउन आफूहरू लागि परेको बताउनु भयो । 



म्ह पूजामा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिएको थियो । आयोजक टिस्तुङ बज्रबाराही नेवा पुचका अध्यक्ष हरिगोपाल श्रेष्ठ र  संस्थापक अध्यक्ष विनोद महर्जनले यस बर्ष सुरू भएको सामुहिक म्ह पूजा आगामी बर्ष देखि निरन्तरता पाउनुका साथै यो दिन तिष्टुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले पनि सहभागी जनाउन सक्ने बताउनु भयो । म्ह पुजा अघि न्हुँदया भिन्तुना ¥याली आयोजना गरी नगर परिक्रमा गरिएको थियो । 








0 comments

Write Down Your Responses