५ दिने ‘फिल्म मेकिङ वर्कशप’ तालिम सम्पन्न
मकवानपुर ÷ हेटौडाको रातोमाटेमा ५ दिने ‘फिल्म मेकिङ वर्कशप’ सम्पन्न भएको छ । नेपाल गोस्पेल फिल्म एकेडेमीले हेटौडा रातोमाटे चर्चको सहकार्यमा हेटौडामा वर्कसप आयोजना गरेको कार्यक्रमको संयोजक इश्वार पाख्रिनले जानकारी दिए ।पछिल्लो समय भिडियो तथा फिल्म निर्माणमा नयाँपुस्ताको लगाब निकै बढिरहेको अवस्थामा यस तालिमको आयोजना गरेको पाख्रिनले बताए । यस क्षेत्रमा लगाब दिनेहरुको लागि भनेर खुलेको तालिममा रातोमाटेका १७ जना युवाहरु सहभागिता भएका थिए ।

३ चरणसम्म संचालन गरिने यस तालिम पहिलो लेवल सकिएको र अर्को लेवल चाँडै नै शुरु गर्ने मुख्य प्रशिक्षक आशिष रिजालले बताए ।
उच्च गुणस्तरिय क्यामेरा सहित अन्य प्राबिधिक सामान सहित शौन्तिक तथा प्रयोगात्मक तरिकाबाट संचालन गरिएको थियो । सो तालिममा सहभागि विरुरत्न लामाले आफ्नो रुचि समेत यस तर्फ रहेको भन्दै तालिमबाट धेरै नयाँ कुरा सिक्न पाएको बताए ।
अहिलेको बर्तामान परिस्थितीमा पढ्न भन्दा हेर्न रुचाउनेको सङख्या वृद्धि भएको भन्दै यस तालिमले विभिन्न मण्डलीले गरेका नमुना कार्यहरु तथा गवाही अडियो भिडियोको माध्यम सहजै रुपमा सबै सामु पु¥याउन मद्दत पुग्ने भएकोले यस तालिम निकै प्रभावकारी भएको बताए ।



0 comments
Write Down Your Responses