Powered by Blogger.
सामाजिक क्षेत्रमा योगदान पु¥याएका ५ व्यक्तिलाई थाहा कला केन्द्रले सम्मान गर्दै

No automatic alt text available.थाहानगर / कला,संस्कृतिको सम्बद्र्धन,प्रवद्र्धन गर्ने मूल उद्देश्यले उत्तरी मकवानपुरमा स्थापना भएको साथै विस्तारै लोक प्रियता जमाउँदै गईरहेको थाहा कला केन्द्रले विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएको व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।
कला केन्द्रले कैशाल गाउँपालिका वडा नम्बर–६ पकनीमा आयोजना गर्न लागेको तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमको अवसर पारि ५ विधामा सम्मान गर्न लागेको कला केन्द्रका अध्यक्ष सानोबावु मोक्तानले बताए ।
कलाकारिता, पत्रकारिता, शिक्षा, समाजसेवी र विविध गरि ५ विधामा कैलाश गाउँपालिकामा जन्मभई विभिन्न क्षेत्रमा कार्यगरि कैलाश गाउँपालिकालाई चिनाउन तथा समाजमा उदाहरणीय कार्य गर्न सफल भएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको हो । 
विगतको वर्षहरुमा पनि कला केन्द्रले सामाजिक क्षेत्रमा योगदान पु¥याएका ५ जना व्याक्तिहरुलाई सम्मान गरेको थियो ।  यस विधालाई निरन्तरता दिने उद्देश्यले यस बर्ष पनि सम्मान कार्यक्रम आयोजना गरिएको मोक्तानले बताए ।

0 comments

Write Down Your Responses