Powered by Blogger.
उच्च रक्तचापले ढलाएपछि वीरबहादुर लामा अस्पताल भर्ना


काठमाडौं । पूर्व नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर लामा अस्पताल भर्ना भएका छन् । 

मकवानपुर जिल्ला विकास समितिका पुर्व सभापति समेत रहेका लामा मकवानपुरको फाखेल स्थित निवासमै उच्च रक्तचापका कारण ढलेपछि शनिवार नै उनलाई आकश्मिक रुपमा अस्पताल ल्याइएको हो ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचाप तथा मुटु रोगको समेत समस्यामा रहेका लामालाई शनिबार पाटन अस्पतालको आकश्मिक सेवामा भर्ना गरिएको थियो ।

अहिले उनको अवस्था सुधारोन्मुख रहेको र मेडिकल वार्डको बेड नम्बर २ सय ९४ मा उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सुगर तथा प्रेसरको नियमित औषधी सेवन गरीरहेका लामा पछिल्लो पटक राजनीतिक गतिविधीहरुमा पनि स्वास्थ्यको कारण खासै सक्रिय हुन सकेका थिएनन् ।

नख्खुजेल विद्रोहका एक कमाण्डर समेत रहेका लामा पछिल्लो पटक अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा आवद्ध थिए । त्यस पार्टीमा पनि राईको हुकुमी शैलि मन नपरेको भन्दै पूर्व एमाले रिजवान अन्सारी र लामा मिलेर अर्को पार्टी गठन गरेका थिए । 

पछिल्लो समय लामा त्यहा पनि सन्तुष्ट हुन नसकेपछि  दुई कम्युनिष्ट पार्टी मिलेर नेकपा बनेसंगै नेकपाका नेताहरुसंग नजिकिएर  ‘पूर्व राजनीतिक घर’ फर्कन सकारात्मक रहेको बताइन्छ । 

लामा विरामी भएको खबर फैलिएसंगैं पुर्व एमालेका नेताहरु अस्पतालमा भेट्न जाने क्रम बढेको बताइन्छ । बुबालाई अस्पतालमा भर्ना गरेपछि उनको छोरी तथा एमाले कार्यकर्ता श्रमिक लामाले फेसबुकमा  फोटो सहितको स्टाटस पोस्ट गर्दै भनेकी छिन्, ‘मेरो बुबाको बसाई यतातिर भो आजबाट, फिलिङ वोरीड् एट पाटन हस्पिटल, ललितपुर । ’



0 comments

Write Down Your Responses