Powered by Blogger.
नेकपाको कमिटी एक नहुँदै थाहा–१० मा चियापान


बिसिंङ्खेल(मकवानपुर) नेपाल कम्युनिष्ट पार्टी थाहा नगर अन्तर्गत १० नम्बर वडाका नेता कार्यकर्ताहरुको प्रयासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

दुई पार्टीका तल्ला तहका कमिटीहरु औपचारिक रुपमा एकिकरण भइनसके पनि थाहा–१० का नेता–कार्यकर्ताहरु जुर्मुराएका हुन् ।

शनिबार बिसिङ्खेल स्थित तरकारी संकलन केन्द्रमा २०७५ सालको दिपावली, नेपाल संवत ११ सय ३९ र छठ पर्वको उपलक्ष्यमा कार्यक्रम आयोजना गरीएको स्थानीय युवा नेता हरि मगरले जानकारी दिए । 

कार्यक्रममा प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी प्रमुख अतिथि हुनुहुन्थ्यो । 

यसैगरी थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, संविधानसभा सदस्य सुभाष ठकुरी, वडा अध्यक्ष शशिधर सुबेदी, हिराबहादुर गमाल लगायत सहभागी थिए ।



0 comments

Write Down Your Responses