Powered by Blogger.
सभापति बिडारीद्धारा पुर्व सभापति लामालाई अस्पतालमै भेट


काठमाडौं । संघीय संसदको प्रत्यायोजित व्यवस्थापन समितिका सभापती रामनारायण बिडारीले पुर्व सांसद एवं मकवानपुर जिल्ला विकास समितिका सभापती वीरबहादुर लामाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

सभापती बिडारी शनिबार ललितपुर स्थित पाटन अस्पताल पुगेर लामाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

मकवानपुरका पुर्व सांसद तथा तत्कालिन नख्खु जेलको सुरुङ विद्रोहका नायक लामा करिव दुई हप्तादेखि उच्च रक्तचाप, मधुमेह तथा मृगौलामा समस्याका कारण अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । 

भेटमा सभापती बिडारीले आफु स्वास्थ्य लाभको कामना गर्न आएको भन्दै स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाउनुभएको थियो ।

लामाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राखेकोमा धन्यवाद दिएका छन् । 

भेटघाटमा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, इन्द्रशरोबर गाँउपालिकाका अध्यक्ष जीवन लामा लगायत सहभागी थिए । लामाको संभवत बुधवारतिर डिस्चार्ज हुनसक्ने अस्पतालले जनाएको छ । 



0 comments

Write Down Your Responses