Powered by Blogger.
पायलको अन्धकार हटाउने मेरो उद्देश्य रहेको छ

हर्क लोहार, वडा अध्यक्ष, चौरपाटी गाँउपालिका वडा नं–४,अछाम

अछाम स्थित चौरपाटी गाउँपालिका वडा नम्बर  ४ का अध्यक्ष हर्क लोहार जनताको काममा सक्रिय भएर लागेका छन् ।  तर जनताले गरेको सबै अपेक्षा पुरा हुन सकेको छैन ।  उनले यस बीचमा  के के काम गरे ? के उनले गरेको काम यति मात्र हो त ? प्रस्तुत छ यस्तै विषयमा हामीले वडा अध्यक्ष हर्क लोहार संग गरेको कुराकानीः 

तपाईको २ वर्ष अनुभव कस्तो रह्यो ?

हामी जनप्रतिनीधि भएर आएपछि  वा हामीले पदवहाली गरि सकेपछि लगातार काम मै गति दिएका छौं ।  अहिले लोकतान्त्रिक गणतन्त्र  छ । संघीय शासन छ । यसका लागि लामो राजनीतिक लडाँइ लड्नुप¥यो ।  

विगतमा भन्दा अहिलेको अवस्थामा धेरै आकाश पातलको फरक छ । संघीयता भैसेपछि अहिले तीन वटा सरकार छ  । स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार हुँदा जनताले पाउनु पर्ने सेवा सुविधा सजिलै पाएका छन् । 

केन्द्रीय शासन मात्र मा हुँदा जसको पहुँच छ उसले मात्र अवसर पाँउथ्यो । अहिले त्यस्तो अवस्था छैन । प्रत्यक्ष रुपमा जनताले आफना मागहरु स्थानीय सरकारमा राख्न पाएका छन् । 

स्थानीय सरकारले गर्ने सक्ने योजना हामीले गरेका छौं ।  अन्य योजना प्रदेश तथा केन्द्र सरकारले हेर्छ । स्थानीय सरकारले  दिन सक्ने सुविधा सहजै उपलब्ध गराएको छ ।

स्थानीय सरकारले नसक्ने योजनाहरु छन् भने मात्र हामीले प्रदेश सरकारसंग त्यसको माग गरेका छौं । स्थानीय सरकार बनि सकेपछि  जनताहरुले सहजै रुपमा संघीयताको लाभ लिरहेको अवस्था छ ।

तपाई वडा अध्यक्ष भएको दुई वर्ष भो, तपाईले दुई वर्षमा जनतालाई विकासको अनुभूति गराउन सक्नु भएन भन्छन् नी ?

मैले चुनावको बेलामा पनि सबै गाउँठाउँ जाँदा, भोट माग्दा भनेको थिए कि हामी अध्यारोलाई उज्यालो पार्छौ भनेर । पायलका जनताको घर घरमा बिद्युत पु¥याउनुछ । त्यही भएर हामीले अहिले  सबै ठाउँमा बिद्युतका पोल गाडेर तार तानी सकेका छौ ।

बिद्युत प्राधिकरणको कारण अलि ढिला भयो नत्र दशै तिहारमा बत्ती बाल्ने लक्ष्य लिएका थियौ । अब बत्ती पनि केहि महिनामा बल्छ । र, विकासका कुरामा पनि हामीले जनतालाई विकासको क्षेत्रमा प्रत्यक्ष विकासको अनुभूति देखाउँदै अगाडि बढि रहेको अवस्था छ । 

त्यस्तै अन्य क्षेत्रमा पनि हामी लागि रहेका छौं । शिक्षाको सबै ठाउँमा ब्यवस्था गरेका छौ । स्वास्थ्यको पनि राम्रै व्यवस्था गरेका छौं । वडा कार्यालयको चार कोठे स्वास्थ्य भवनलाई आठ कोठे भवन बनाउँदै छौ  । काम भैरहेको छ ।

तपाई स्वास्थ्यका कुरा गुर्न हुन्छ, स्वास्थ्य चौकीमा जनता सिटामल समेत नपाएर छट्पटाईरहेका  छन्, त्यो तपाईले देख्नु भएन ? 

होइन, जति जे भए पनि हामीले धेरै बजेट स्वास्थ्यको क्षेत्रमा विनियोजन गरेका छौ । प्रत्यक्ष्य रुपमा ७ वटै वडामा स्वास्थ्य चौकीमा हामीले धेरै औषधी उपलब्ध गराएका छौ । त्यसको स्टोर एउटा चौखुट्टे बजारमा स्थापना गरेका छौं भने अर्को गाउँपालिका चौरपाटीमा स्थापना गरेका छौ ।

 जुन ठाउँमा औषधीको अभाव छ, त्यो   ठाउँको स्वास्थ्य इन्चार्जले हामीलाई जानकारी गरेमा हामीले त्यहाँ औषधी उपलब्ध गराउँछौ ।

तपाई स्वास्थ्य चौकीमा औषधी टन्न छ भन्नहुन्छ, स्वास्थ्यका कर्मचारी औषधी छैन भन्छन्, के स्थास्थ्यका कमर्मचारीले झुट बोलेका हुन् ?

होइन, चौरमाण्डौ स्वास्थ्य चौकीमा कहिलेकाँही औषधी नभेटिएको होला । त्यो कुरा बेग्लै हो । हिजो सकिएको पनि हुन सक्छ । तर अब जनताहरु कुनै औषधी नभएर अस्पतालबाट फिर्ता हुनु पर्ने अवस्था छैन् ।

तपाईले कस्तो कुरा गर्नु हुन्छ ? जनता औषधी नपाएर हिजै फिर्ता भएका छन्, तपाई औषधी नपाएर फिर्ता हुनु पर्ने अवस्था छैन् भन्नुहुन्छ ? जनताको पिडा बुझ्नु भएको छैन ?

त्यो कुनै दिन भयो होला औषधीको अभाव ।  त्यहि पनि हामीले जनताको पिडा बुझेका छौ । बुझेर नै  काम गर्दै गइरहेका छांै । विगत दिनमा जे भयो, भयो अब त्यो हुने छैन ।

तपाई वडाको स्वास्थ्य चौकीमा हिजै मात्र एक महिला सुत्केरी ब्यथाले च्यापेर छट्पटाई रहेकी थिइन्, बाहिर लिन गाउँपालिकाको एम्बुलेन्सलाई फोन गर्दा पनि समयमा त्यहाँ पुग्दैन्,ड ाईभर भेटिएन, त्यस्तो अवस्था छ, पिडामा छट्पटाएका जनतालाई समयमा एम्बुलेन्स उपलब्ध भएन भने के काम ? 

हाम्रो गाउँपालिकासंग धेरै स्टेचर छन् । स्टेचरले काम गर्न नसकिने भएपछि हामीले एम्बुलेन्स ल्याएका हौं । गाउँपालिकाका ७ वडाका जनतालाई सजिलो तरिकाले र समयमा औषधी उपचारको लागि जुन ठाउँमा पु¥याउन परेपनि सजिलो होस् भनेर एम्बुलेन्स ल्याइएको हो । 

नजिकको वडा पायलमा त समयमा एम्बुलेन्स पुग्दैन भने टाढा रहेका सोकट जस्ता विकट ठाउँमा सयममा कसरी पुग्छ ? एम्बुलेन्स भन्दा पनि डाईभर खोज्दा खोज्दै मान्छेको मृत्यु पनि हुन सक्छ त्यो सोच्नु भएको छ ?

एम्बुलेन्स भइसकेपछि डाईभर अनिर्वाय राख्नु पर्छ । एम्बुलेन्सले  जति खेर पनि तयार भएर बस्नु पर्छ । जति बेला पनि जहाँ बाट पनि इमेरजेन्सी फोन आउनसक्छ । त्यहाँ तुरुन्त पुग्नु पर्छ भन्ने मेरो मान्यता हो । जनताले फोन गर्दा त्यहाँ  एम्बुलेन्स जादैन् भने त्यस्तो मान्छेलाई हटाउनु पर्छ । हामी हटाउँछौं । 

तपाईबाट पायलका जनताले देखेका सबै सपना त विस्तारै सेलाएर गयो भन्छन् त जनताहरु ?

त्यो ठिक हो । चुनाव हुदाँ युवाहरुले आफनो पाखुरा चलाउनु भो । हामीले त्यो अनुसार काम गर्न सकेको अवस्था छैन । त्यस्तै बृद्धा बृद्धहरुको पनि आशा त्यस्तै त्यस्तै भयो । हाम्रो पार्टीले जितेमा राम्रो हुन्छ । 

गाउँठाउँको विकास हुन्छ । हामीले पाउँने सेवा सुविधा पनि सजिलै पाउँछौ भन्दै चुवानमा रात साँझ नभनी लाग्नु भो सबैजना तर त्यो अनुसारको काम भएको छैन् । यो काम दुई वर्षमै गर्ने छौ  । युवाहरुको लागि हामीले स्वरोजगार भेला गरेका छौ । 

हामीले ती स्वरोजगार फर्म गरेका युवाहरुलाई रोजगारको व्यवस्था गर्ने तयारी गरेका छौ । जस्तै कुखुरा पालन, बाख्रा पालन लगायतका क्षेत्रमा अग्रसर भएर लगाउँछौं ।  

हामीले कात्र्तिक १५ गते चौरपाटी गाउँपालिकामा र १६ गते चौखुट्टे बजारमा स्वरोजगार मेला गरेर बेरोजगार युवाको नाम संकलन गरेका छौ अव हामीले तीनिहरुलाई कतै न कतै रोजगारको ब्यवस्था मिलाएर छोड्ने छौ ।

तपाईको वडा कृषिको लागि केहि भाग पकेट क्षेत्र छ, त्यसको लागि के कस्ता कृषि प्याकेज अगाडि सार्नु भएको छ ?

अब हामीले जुन हाम्रा समुह छन् त्यस समुहलाई कुनै व्यक्तिले म गर्छु भनेर समुहगत रुपमा आयो भने हामीले त्यसलाई सिफारिस गर्ने गरेका छौ । 

जस्तै कहाँ के हुन्छ त हाम्रो पायलको हकमा  ? माथील्लो भेगमा आलुु, सुन्तला, कागती, नासपति यस्ता पकेट क्षेत्र छन्, भने तल्लो भेगतिर आँप जस्तै हाम्रो लाश, चित्रे, सैने जस्ता ठाउँमा आँप व्यवसाय गर्नेको लागि राम्रो क्षेत्र मानिन्छ । त्यहि भएर हामीले कृषि क्षेत्रमा पनि धेरै बजेट विनियोजन गरेका छौ ।

पर्यटनको लागि पनि चौरपाटी गाउँपालिकामा धेरै सम्भावना बोकेका स्थल छन्, त्यसको विकास र प्रबन्धको लागि कस्तो योजना बनाउनु भएको छ ?

चौरपाटी गाउँपालिका एक आफैमा पर्यटकीय क्षेत्र हो । यहाँ धेरै पर्यटकीय क्षेत्र छन् । हाम्रो सिमानासंग जोडिएको नेपालका ४ धाम मध्येको एक धाम बैद्यनाथ पनि हाम्रो वडासंग जोडिएको छ । 

हाम्रो गाउँपालिका र मंगलसेन नगरपालिकासंग जोडिएको संमग स्थल त्रिबेणी हाम्रो वडामा पर्छ । जिवराडी तिर्थ स्थल यहाँको महत्वपुर्ण ठाउँ हो । त्यस्तै देवथुम पनि एक शक्ति पिठको ठाउँ हो । हामीले ती ठाउँमा सडकको विस्तार गरि सकेका छौ । 

अहिले त्यो ठाउँ सम्म जाने जो कोहिले पनि सरर सवारी  साधान लिएर जान सक्छन् ।  सबै पर्यटकीय क्षेत्रको विकास लाई मध्यनजर गर्दै हामी अगाडि बढि रहेको अवस्था छ । 

हामीले यस पालिका पर्यटनको क्षेत्र जिवराडिलाई ब्यवस्थीत गर्न बजेट विनियोजन गरेका छौ । तिर्थालु भक्तजनको लागि आवासको व्यवस्थाको लागि ५ लाख सम्म बजेट छुट्याएका छौ ।

वडावासीलाई भन्नै पर्ने केही छ ?

५ वर्ष भित्रमा केहि गर्ने नसके पनि पायलका जनतालाई बत्ती मुनिको अध्यारो कोठाबाट बाहिर ल्याउने प्रयास गर्ने छु ।   पायलको अन्धकार हटाउने मेरो उद्देश्य रहेको छ । यहि भन्न चाहान्छ ।

0 comments

Write Down Your Responses