Powered by Blogger.
बुधबार मन्त्री अर्याल फाखेल आँउदै


मकवानपुर ।  आगामी बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्माकुमारी अर्याल फाखेल आउनुहुने भएको छ । 

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल स्थित दुई सहकारीको साधारण सभा उद्घाटन मन्त्री अर्याल यही मंसिर १९ गते बुधबार फाखेल आउन लाग्नुभएको हो । सो अवसरमा मन्त्री अर्यालले गतिशिल साना किसान कृषि  सहकारी संस्थाको प्रथम  साधारण सभा तथा फाखेल कृषि सहकारी संस्था लिको चौथो वार्षिक साधारण सभा उद्घाटन गर्नुहुनेछ । 

सो कार्यक्रममा कार्यक्रममा गाँउपालिका अध्यक्ष जीवन लामा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक लगायत अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहने जनाइएको छ ।

कार्यक्रममा चर्चित लोक गायक तथा एविसी टेलिभिजनका इन्द्रेणी कार्यक्रम प्रस्तोता कृष्ण कँडेल, चर्चित गायक तथा सिस्नेरी निवासी युवा प्रतिभा अशोक तामाङ, रबिन्द्र तामाङ लगायत राष्ट्रिय कलाकारहरुको कला प्रस्तुती समेत हुने बताइएको छ । 

राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुद्धारा विविध साँस्कृतिक कार्यक्रम हुने तथा अन्य विविध कार्यक्रम एवं संस्थाको साधारण सभामा हुने सबै कार्यक्रम सञ्चालन गरिने हुनाले आयोजकले सम्पुर्ण सेयर सदस्य तथा स्थानीय इन्द्रसरोबरवाशीहरुमा कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेको छ ।  

0 comments

Write Down Your Responses