Powered by Blogger.
कमलपोखरीको रेस्टुरेन्टबाट अवैध अमेरिकन पेस्तोेल सहित एक पक्राउ


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले मंगलबार काठमाडौंको कमलपोखरीबाट एउटा अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर जिल्लाको चाँपागाउँ घर बताउने २४ वर्षिय शिशिर श्रेष्ठ छन् । सशस्त्र प्रहरी बलको विशेष टोलीले उनको साथबाट ७.६२ एमएमको अटोमेटिक पेस्तोल बरामद गरेको छ । 

त्यसवेला उक्त पेस्तोल सँगै एउटा म्याग्जीन समेत बरामद गरिएको छ । उक्त पेस्तोलमा मेडईन यूएसए लेखिएको छ । 

श्रेष्ठको साथमा अवैध पेस्तोल रहेको भन्ने खबर प्राप्त भएपछि खटिएको सशस्त्र प्रहरी बलको विशेष टोलीले श्रेष्ठलाई कमलपोखरी स्थित एक रेस्टुरेन्टबाट अपरान्ह करीव पाँच बजे पक्राउ गरेको बताइएको छ । 

0 comments

Write Down Your Responses