Powered by Blogger.
बागमती गाउँपालिकाको शिक्षा समन्वय समितिको अध्यक्षमा खड्क बहादुर पुलामी

मकवानपुर / बागमती गाउँपालिकामा गाउँ शिक्षा सम्मन्वय समिति गठन गरेको छ । विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक पहल सुरु गर्ने उद्देश्य अनुरुप देबकी माविका प्रध्यानाध्यापक खड्क बहादुर पुलामीको अध्यक्षमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

 सो समितिको उपाध्यक्ष राम बहादुर थोकर, सचिव लोक बहादुर वि.क., सह—सचिव हुद्ध बहादुर दर्लामी मगर, कोषाध्यक्ष सुनिता लामा चयन भएका हुन् । सदस्यहरु ज्ञान बहादुर राई, गोकर्ण थापा, तिलक बहादुर पाख्रिन,शुक्र बहादुर पुलामी, अस्मिता ठाडामगर, उशा माझी, सुरेश कुमार सिन्तान छन् ।

सो समितिले प्र.अ तिलक बहादुर पाख्रिनको संयोजकमा शैक्षिक भ्रमण समिति समेत गठन गरेको छ । सो समितिको सह–संयोजक बसन्त राई, सचिव बिर बहादुर राई लगायत रहने गरि ७ सदस्यीय समिति गठन गरेको हो ।

0 comments

Write Down Your Responses