बागमतीका प्र.अ.हरुको पिकनिक तथा संयूक्त वैठक सम्पन्न
बागमती / मकवानपुरको बागमती गाउँपालिकाका प्र.अ.हरुको पिकनिक तथा संयूक्त वैठक सम्पन्न भएको छ । जनता मावि स्रोत केन्द्रको आयोजना बागमती गाउँपालिकाको वडा नम्बर ९ को पर्यटकिय क्षेत्र बेतिनि अमले चौरमा सम्पन्न भएको जनता माविका प्र.अ वसन्त राईले जानकारी दिनु भयो ।बागभैरव माविका प्र.अ, हुद्ध बहादुर दलार्मी मगरको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
प्रअ विश्राम सिजालीको उदधोषणमा स्रोतव्यक्ति रबिन्द्र प्रसाद चौधरीले प्रअ बैठकको सम्बोधन र प्रस्तावहरुमा गाउँ स्तरीय शैक्षिक समन्वय समिति गठन , कक्षा ५ र ८ को परीक्षा समिति गठन लगायत अन्य बिविध प्रस्तावहरु छलफलको लागि सार्वजनिक गर्दै बागमती गापामा शैक्षिक सुधारमा यी समितिहरुबाट एकरुपता र परीक्षा प्रणालीमा सुधार हुदै जाने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनमाया थिङ्ग,शिक्षा विकास सम्मन्वय इकाई प्रमुख कृष्ण प्रसाद घिमिरे, ९ नम्बर बडा अध्यक्ष मदन कुमार दुरुङ्गच्याङ्ग मगर,स्रोत व्यक्ति रबिन्द्र प्रसाद चौधारी लगायत ५० वडा विद्यालयको ८० जनाको प्रध्यानाध्यापकहरुको सहभागिता रहेको थियो ।
बागमती गाउँपालिकामा शिक्षा सम्मन्वय समिति गठन
बागमती गाउँपालिकामा गाउँ शिक्षा सम्मन्वय समिति गठन गरेको छ । विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक पहल सुरु गर्ने उद्देश्य अनुरुप देबकी माविका प्रध्यानाध्यापक खड्क बहादुर पुलामीको अध्यक्षमा १३ सदस्यीय समिति गठन गरिएको हो ।
सो समितिको उपाध्यक्ष राम बहादुर थोकर, सचिव लोक बहादुर वि.क., सह—सचिव हुद्ध बहादुर दर्लामी मगर, कोषाध्यक्ष सुनिता लामा चयन भएका हुन् । सदस्यहरु ज्ञान बहादुर राई, गोकर्ण थापा, तिलक बहादुर पाख्रिन,शुक्र बहादुर पुलामी, अस्मिता ठाडामगर, उशा माझी, सुरेश कुमार सिन्तान छन् ।
सो समितिले प्र.अ तिलक बहादुर पाख्रिनको संयोजकमा शैक्षिक भ्रमण समिति समेत गठन गरेको छ । सो समितिको सह–संयोजक बसन्त राई, सचिव बिर बहादुर राई लगायत रहने गरि ७ सदस्यीय समिति गठन गरेको हो ।



0 comments
Write Down Your Responses