कांग्रेसले मेलमिलाप दिवसमा ¥याली तथा कोणसभा गर्ने
हेटौंडा, १३ पुस / नेपाली कांग्रेस मकवानपुरको शुक्रबार पार्टीको जिल्ला पदाधिकारी बसेको बैठकले पुस १६ गते मेलमिलाप दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस मकवानपुरको सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको उपस्तिथिमा बसेको बैठकले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन जिल्ला पार्टी कार्यालय मकवानपुरबाट विहान ११ बजे ¥यालीसहित बुद्धचोकमा गएर कोणसभा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी पदाधिकारी बैठकले जिल्ला समितिबाट गठित विभिन्न विभागहरुको कार्यविधि बनाउन जिल्ला सचिव आनन्द कठायतको संयोजकत्वमा समिति गठन गरेको छ भने जिल्ला सदस्य भीमसेन महतलाई गैरसरकारी संस्था तथा सामाजिक सेवाको संयोजक तोकिएको छ ।
बैठकमा कांग्रेस मकवानपुरका पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापतिहरु, नगर सभापति तथा भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूखहरुको सभागिता रहेको थियो ।
0 comments
Write Down Your Responses