Powered by Blogger.
इन्द्रसरोबर गाँउपालिकाद्धारा वृद्धवृद्धाहरुलाई घर–घरमै स्वास्थ्य परिक्षण


फाखेल (मकवानपुर) । उत्तरी मकवानपुरको इन्द्रसरोबर गाँउपालिकाले आफ्नो पालिका भित्रका वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण सहित घर–घरमै गएर स्वास्थ्य परिक्षणको प्रवन्ध मिलाएको छ । 

सो सेवाबाट ७० वर्ष उमेर माथिका करिव ६ सय वृद्धवृद्धा लाभान्वित भएको बताइएको छ । पुर्ण रुपमा अपाङ्गता भएकालाई समेत सेवा प्रदान गरिएको थियो । स्वास्थ्य परिक्षणका साथमा उनीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु डा. यज्ञराज पोखरेल, डा. रमेश कँडेल, डा. पवन शर्मा, डा. डालिम काफ्ले र डा. सुदीप त्रिपाठी लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । 

गाँउपालिका भित्रका ५ वटै वडामा सो सेवा प्रदान गरिएको र लोककल्याणकारी स्थानीय सरकारको अनुभुती दिलाउन सो कदम आवश्यक ठानेर आफुहरुले गतवर्षबाट यस्तो अभियान सुरु गरेको गाँउपालिका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । 

यसैबीच सोही अवसर पारी गाँउपालिका भित्रका २ वटा स्वास्थ्य केन्द्रमा ल्याव सेवाको समेत सुरुवात गरिएको छ । सो पालिका अन्तर्गत सिस्नेरी र फाखेल गरी दुई ठाँउमा स्वास्थ्य केन्द्र सञ्चालनमा छ । 



गाँउपालिका अध्यक्ष जीवन लामा र उपाध्यक्ष उमाकुमारी लामाले सुगर परिक्षण गराई ल्याव सेवाको उद्घाटन गरेका थिए । 

यसैबीच मार्खु स्थित सरस्वती वालधोधिनी माविका विद्याथीहरुमा एक्कासी उत्पन्न भएको मास हिस्टेरीया रोगको पनि गाँउपालिकाको पहलमा समाधान गरिएको छ । स्वास्थ्य परिक्षणका क्रममा पाटन अस्पतालका मनोचिकित्सक डा. पवन शर्माले अलग अलग काउन्सिलीङ गरी कक्षा चलाएपछि सो समस्या नियन्त्रणमा आएको हो ।

कपडा वितरण तथा स्वस्य परिक्षण कार्यक्रममा चिकित्सकाका टोलीसहित गाँउपालिका अध्यक्ष लामा, उपाध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र स्थानीय सामाजिक कार्यकर्ताहरुको सहभागिता थियो ।



प्रारम्भिक परिक्षणका क्रममा प्राप्त तथ्याङ्क संकलन गरी स्वास्थ्य चौकीसम्म आउन नसक्ने वृद्धवृद्धाहरुलाई एकजना स्वास्थ्यकर्मी नियमित प्रवन्ध गरी घरमै स्वास्थ्य परिक्षण गराउने सोच गाँउपालिकाले बनाएको बताइन्छ । यसका लागि आवश्यक तयारी थालिएको अध्यक्ष लामाको भनाई छ । 

यता, गर्भवती महिलाहरुले स्वास्थ्य चौकीमा नै प्रसुती गराउन  आएमा एम्बुलेन्समा पैसा नलाग्ने योजना उत्तरी मकवानपुरको इन्द्रसरोवर गाँउपालिकाले ल्याएको छ ।

फाखेल पौवा स्थित एक स्वास्थ्य चौकीको उद्घाटन यता केही दिनदेखि गाउँपालिकाले यो योजना ल्याएको हो ।
स्वास्थ्य चौकीमा नपुगी घरमै प्रमुती गराँउदा बच्चा र आमा दुबैको स्वास्थ्यमा जटिलता आउने समस्या घटाउन गाँउपालिकाले कल्याणकारी योजना अन्तर्गत एम्बुलेन्स भाडा निशुल्कको व्यवस्था गर्न गरेको अध्यक्ष जीवन लामाको भनाई छ । 


यता महिला स्वयमसेविकाहरुलाई स्वास्थ्य सेवामा अझ सक्षम र उत्साहित बनाउनका लागि गाउँपालिकाले प्रतिव्यक्ति मासिक १५ सय रुपैयाँ सम्मान स्वरुप प्रदान गरिने, गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे क्याम्प संचालन गर्ने, इन्द्रसरोवर गाउँपालिका वडा नं २ को भालुखर्कमा स्वास्थ्य केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमहरु गर्न गाउँपालिकाले योजना बनाएको कार्यक्रमका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।



 ‘घरमा नै प्रसुती गराउदा बच्चा र आमाको स्वास्थ्यमा हुने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित मातृत्वका लागि गाउँपालिकाले जिरो होम डेलिभरी अभियान अन्तर्गत सो योजना ल्याइएको हो , ’ उपाध्यक्ष उमाकुमारी लामाले बताउनुभयो । चन्द्रगढी स्वास्थ्य चौकीको स्थापना पश्चात अब इन्द्रसरोवर गाउँपालिकाको हरेक वडामा स्वास्थ्य चौकी स्थापना भएको छ । 




0 comments

Write Down Your Responses