Powered by Blogger.
गोल्ड जिमले ग¥यो भुटनदेवि मन्दिर परिसर सरसफाई

Image may contain: one or more people, people standing and outdoorमकवानपुर / हेटौडा ४ मा रहेको गोल्ड जिमले भुटनदेवि मन्दिर परिसर सरसफाई गरेको छ । अस्वच्छ खानपान र जीवनशैलीका कारण मधुमेह, मोटोपन उच्च रक्तचाप, युरिक एसिड मुटुका रोग विशेषतः सहरी क्षेत्रमा दिन प्रतिदिन फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै हेटौडामा संचालन गरेको गोल्ड जिममा सहभागिहरुको सक्रियतामा मन्दिर परिसरमा सरसफाइ गरेको जिम हाउसका संचालक बिनोद आचार्यले बताए  ।
सो टोलीले मन्दिर परिसरमा रहेको झाडीको सरसफाइ, फोहोर र प्लाष्टिक जन्य वस्तुको व्यवस्थापन गरेको थियो । ऐतिहासिक मठ, मन्दिरको संरक्षण कार्यमा स्थानीय युवाहरुले देखाएको चासो प्रति मन्दिर व्यवस्थापन समितिका पदाधिकारी खुसि हुदैँ आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्नको लागि आग्रह गरेको बताए । 
सो जिम हाउसका संचालक आचार्यले बातवरण सफा भएमा मात्रै हामी सफा हुने भन्दै मन्दिर तथा सार्वजानिक क्षेत्रमा हाम्रो यस अभियान जारी रहने बताए । उनले भने,“आफ्नो शरिरलाई फिट राख्नको लागि तथा जति उमेर ठल्के पनि नियमित व्यायमले खाना पचाउन सहयोग गर्ने बताए । हाल ३५ जना महिला सहित १०० भन्दा माथि जिम हाउसमा आएर व्यायाम गरिरहेका छन् । 

0 comments

Write Down Your Responses

pfizer vaccine