Powered by Blogger.
लागुऔषध दुव्र्यसनको समस्या समाधान गर्नु सबैको दायित्व

मकवानपुर / लागुऔषध दुव्र्यसनको समस्या समाधान गर्नु सबैको दायित्व भएको बताएका छन् । आज लागुऔषध जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौँडामा भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै अधिकाँस सहभागि जनप्रतिनिधिले हेटौँडा उपमहा नगरपालिकालाई औषध दुब्र्यसन न्युनिकरण गर्नको लागि एक भएर लाग्ने बताएका हुन् ।
बडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले लागुऔषध प्रयोगकर्ता दिनानुदिन बृद्धि भईरहँदा देश र समाजकै लागि टाउँको दुखाई हुन थालेको बताएका छन् । लागुऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित गर्ने अभियानमा लागेका छौँ तर जुन व्यक्तिलाई चाहिने हो सो व्यक्ति सम्म पु¥याउन नसकिरहेको बताए । उनले थपे,“पुर्नस्थापनाको एकल प्रयासले मात्र लागुऔषध प्रयोगकर्ताहरु नियन्त्रणमा नआउँने भन्दै गुरु योजना बनाई सेवान गर्ने स्थानको पहिचान गरि लागुऔषध बिक्रि गर्ने डिलरहरु पक्राउ गर्नुकोे विकल्प नभएको बताउँछन् ।
३ नम्बर वडा अध्यक्ष राम कुमार पुडासैनीले यस विषयमा आफु अनविज्ञ रहेको भन्दै आँखा खोल्ने काम सुधार केन्द्रले गरेका बताए । अध्यक्ष पुडासैनीले विकास निर्माणमात्र गरेर समाजको विकास नहुने भन्दै लागु औषध मुक्त समाज निर्माणको लागि वडाले आवश्यक काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
वडा नम्बर ६ वडा अध्यक्ष अर्जुन चौलागाईले लागु औषधको दुरुपयोगको समस्या दिनानुदिन भुषको आगो झैँ फैलिरहेको बताएका छन् । उनले भने,“बिशेष गरेर किशोर किशोरी अथवा कलेज तथा बिद्यालयका बिद्यार्र्थीहरु बढि यसवाट प्रभाबित छन् ।” भबिस्यका कर्णधार यूवा यूवतिहरु लागु औषध जुठाउनको लागी चोरी, डकैति , लुटपाट , हत्या बलत्कारतिर समेत उन्मुख हुदै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै यसलाई न्यूनिकरण गर्नको लागि एकिकृत ढंगबाट जानु पर्ने बताउदँै यस पुर्नस्थापना केन्द्रहरुले गरेका कार्यको प्रशंसा समेत गरे । यस अभियानमा वडाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले समग्र मकवानपुर लगायत नेपालकै लागि एउटा साझा र जटिल समस्याका रूपमा देखा परेको लागुऔषध समस्या समाधानका लागि सबै एक भएर अभियान संचालन गर्नुको विकल्प नभएको बताए  । यस अभियानमा सबैले साथ दिनु पर्ने भन्दै वडाबाट सक्दो सहयोग हुने बताए ।
वडा नम्बर ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले यस क्रियाकलापले गर्दा राष्ट्रमा असान्ति ल्याईरहेको बताए । लागुऔषध प्रयोगकर्ता न्यूनिकरण गर्ने काम जनप्रतिनिधिको भएता पनि हामीले गर्न नसकेको भन्दै सुधार केन्द्रले गरेका प्रयासको प्रसंसा गरे । यस अभियानलाई वडाले सक्दो सहयोग गर्ने भन्दै निस्वार्थ भएर काम गर्न आग्रह गरे ।
सुधार केन्द्रले मात्रै लागुऔषध दुव्र्यसनको समस्या समाधान नसकिने भन्दै यसको समाधान गर्नको लागि जनप्रतिनिधिको ठुलो भुमिका हुने संयोजक सन्दिप शाक्यले बताए । न्युनिकरण गर्नको लागि स्थानिय तह देखि नै बजेट विनियोज गरि यस अभियानलाई व्यापक पार्न सके मात्रै हेटाडालाई लागुऔषध मुक्त क्षेत्र बनाउन सकिने बताए ।
लागु औषधमा युवापुस्ता वढि गाँजिएको बताउँदै समन्वय समितिका सदस्य सौजन डिसि भन्छन्, “युवापुस्ता देखि वालक तथा वृद्ध समेत लागुऔषधको दलदलमा फसेका छन् ।” मकवानपुरमा मात्र ७ देखि ९ हजार भन्दा बढिले लागु औषध प्रयोग गर्ने गरेको उनको दाबी छ । सुधार केन्द्रमा आउँने अधिकांस युवाहरु साथीकै कारण फसेको बताउँने गरेको उनको भनाई छ । अब यति धेरै दिनानुदिन वृद्धि भईरँहदा यसको समस्याको समाधान तर्फ जनप्रतिनिधिहरु समेत सचेत हुनु पर्ने बताए ।
हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समन्वय समितिका सौजन डिसि तथा संयोजक सन्दीप शाक्यले मकवानपुरमा लागु औषधको अवस्था तथा मकवानपुरमा रहेका पुर्नस्थपना केन्द्रको विषयमा प्रष्ट पारेका थिए । मकवानपुरको हेटौँडालाई लागु औषधमुक्त क्षेत्र बनाउन सबैको साथ सहयोग रहेमा आवश्यक रहेको बताए ।

0 comments

Write Down Your Responses