Powered by Blogger.
ऐतिहाँसिक मकवानपुरगढी संरक्षण र विकासमा राज्यको योगदान आवश्यक : राष्ट्रपति (फोटो फिचर)

मकवानपुर / ऐतिहासिक महत्व बोकेको मकवानपुरगढीको संरक्षण र विकासमा राज्यको योगदान आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २५६ औँ विजयत्सवको उद्घघाटन गर्न आउनु भएर्की भण्डारीले हेटौडामा रहेको सहिद पार्कले यस क्षेत्रको विकासको लागि सहयोग पु¥याएको बताईन् ।
मकवानपुरगढी नेपालको पर्यटनको लागि अति महत्व वोकेको स्थान रहेको भन्दै उनले मकवानपुरगढी गाउँपालिकाले गरेको कार्यक्रमको प्रशंसा समेत गरिन् ।
 नेपाल वहु साँस्कृतिक मुलुक रहेको र यहाँ हिमाल, पाहाड तथा तराई समेत रहेको भन्दै यसलाई जोगाएर देश निर्माणमा सबैको योगदान हुनुपर्नेमा उनको भनाई थियो ।
दिगो विकासका लागि त्यही अनुसारको प्रविधि र सिपको प्रयोग गर्नुपर्ने बताईन् । उहाँले कृषिको आधुनिकिकरण र यान्त्रिकिकरण गर्दै देशमा रोजगार सिर्जना गर्न सकिने भएकाले त्यसतर्फ लाग्न पनि आग्रह गरिन् ।
 कार्यक्रममा भण्डारीले मकवानपुर गढीमा झण्डोतोलन गर्नुका साथै नेपालको नक्सा अंकित स्मारकको अनावरण गरेकी बताउनु भयो ।
 कार्यक्रममा राष्ट्रपति भण्डारीले मकवानपुरगढीको संरक्षणमा योगदान पुर्याउनु हुने केदार प्रसाद न्यौपाने, बन्द्री खतिवडालाई सम्मान गर्नुका साथै हाफ म्याराथन दौडका विजेता खेलाडिलाई पुरस्कार प्रदान गरेकी थिईन् ।
कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई र वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिनले मन्तव्य व्यक्त गरेका थिए ।
गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको दिनको स्मरणमा विजय उत्सव मनाउँदै आईएको छ ।





0 comments

Write Down Your Responses