Powered by Blogger.
३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै हुनुपर्छ



संयोजक, मकवानपुर मिलन केन्द्र अन्तराष्ट्रिय समन्वय परिषद, कतार

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मानसचोकमा जन्मिएका सरोज पुडासैनी अहिले कतारको एक प्रतिष्ठीत कम्पनीमा कार्यरत छन् । त्यहाँ आफ्नो पेशासंगैं सामाजिक कामहरुमा पनि क्रियाशील उनले सन् २००७ बाटै आफ्नै कम्पनी क्यालीफोर्निया ट्रेडिङ एण्ड कन्ट्याक्ट कम्पनी नामको कम्पनी स्थापना गरेका हुन् । 

मकवानपुर मिलन केन्द्र अन्तराष्ट्रिय समन्वय परिषदको संयोजक तथा मकवानपुर मिलन केन्द्र कतारको संरक्षक रहेका उनी ३ नम्बर प्रदेश समन्वय परिषद दोहा कतारको सल्लाहकार समेत हुन् । 

गृह जिल्ला मकवानपुरमा रहँदा सामाजिक तथा राजनीतिक काममा बाल्यकालदेखि नै सक्रिय पुडासैनी अहिले पनि कतारमा बसेर विभिन्न सामाजीक, सेवामुलक  तथा सहयोगी कामहरुमा क्रियाशील छन् । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीः 


गृहजिल्ला मकवानपुरमा रहँदा विद्यार्थी कालदेखि नै राजनीतिक तथा सामाजिक अभियानहरुमा सक्रीय हुनुहुन्थ्यो, विदेश गएपछि हराएको महशुस भयो, के गर्दै हुनुहुन्छ अहिले ?

गृह जिल्लामा रहँदा स्कुलको प्रारम्भिक कमिटीदेखि नगर कमिटी, क्षेत्रीय कमिटी, क्याम्पस प्राक हुँदै जिलमा रहेर काम गरियो । म त्यतीखेर अनेरास्ववियुमा आवद्ध थिँए । नेपाल रेडक्रस, जुनीयर स्काउट, मानस क्लव जस्ता सामाजिक संस्थामा आवद्ध भएर लामो समय काम गरें । 

यसै अनुरुप नेपाल स्काउटबाट विश्व स्काउट ज्याम्बोरीमा भाग लिन दक्षिण कोरिया र भारत जाने अवसर मिल्यो । उक्त ज्याम्बोरीमा प्रथम स्थान पनि हात पारियो । हालसम्म सामाजिक अभियानका क्रममा जापान, दक्षिण कोरीया, ताइवान र हङ्कङको भ्रमण गरिसकेको छु । 

विदेशमा रहँदा पनि यो अभियान रोकेको छैन । राजनीतिमा म पुर्व एमालेसंग आवद्ध छु । मेरो २०५५ सालको पाटी सक्रिय सदस्य हो । हाल सम्म पनि पार्टीले दिएको जिम्मेवारी पुरा गरेकै छु । 

तपाँइहरुको संस्था केका लागि अनि यसले के के गरिरहेको छ अहिले ?

हाम्रो संस्था मकवानपुर मिलन केन्द्र भनेको विश्वभरी छरिएर रहेका मकवानपुरेहरुलाई एउटै मालामा गाँसेर प्रवाशमा रहेका मकवानपुरेहरुमा आपसी सद्भाव, भाइचारा अनि प्रवाशमा कुनै मकवानपुरेलाई अफ्ठ्यारो परेको बेलामा यस संस्थाले सहयोग गर्ने हो ।



यसै अनुरुप हामीले प्रवाशमा बिचल्ली परेका मकवानपुरेहरुलाई सहयोग गरेका छौं । कुनै मकवानपुरेको प्रवाशमा मृत्यु भएको परिवारको छोराछोरीलाई एसएलसी सम्म पढ्ने आर्थिक सहयोग, कुनै मकवानपुरेको राम्रो कम्पनी नहुँदा अलपत्र परेको अवस्थामा नेपालसम्म जानको लागि हवाइ टिकटको प्रवन्ध, कुनै मकवानपुरे गाडी दुर्घटनाका परेर जेल बसेको अवस्थामा वकिल उपलव्ध गराई जेलमुक्त गरी नेपाल फर्काउने काम यसै संस्थाको पहलमा गर्दै आएका छौं । 

त्यतीमात्र होइन नेपालमा रहेको गरिव तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षा, हेटौंडा राप्तीखोला स्थित नेपालको सबैभन्दा ठुलो हनुमान मन्दीर निर्माण गर्न आर्थिक सहयोग, केही अघि मात्र व्यापक भाइरल भएको थामी समुदायको मोहन थामीलाई जेलबाट मुक्त गराई नेपाल जाने टिकट समेत उपलव्ध गराएका थियौं । 

त्यस्तै लायन्स क्लवसंग सहकार्य गर्दै कैलाश गाँउपालिकाका चेपाङ जातिका साना भाइ बहिनीहरुलाई ८० थान कम्बल वितरण लगायतका धेरै काम गरेका छौं । हामीले सन् २००२ मा स्थापना गरेको यो संस्था १६ वर्ष भयो । हामी लगातार सामाजिक काममा जुटिरहेका छौं । 

नेपालीहरु विश्वको जुनसुकै कुनामा गए पनि आखिर वाद, विवाद र बढी नै राजनीति गर्छन अनि आपसमा मिल्न सक्दैनन् भन्छन्, तपाँइहरुबीचमा चाँही त्यस्तो समस्या आएको छ की छैन ?

त्यस्तो केही छैन । अलि अलि त जहाँ पनि हुन्छ । तर यहाँको सवालमा कुरा गर्दा झण्डै हामी ५ लाखको हाराहारीमा नेपाली दाजुभाई दिदी–बहीनी छौं । 

विभिन्न जाती, वर्ण र धर्म सबै मिलेर बसेका छौं । चाहे त्यो कुनै जातिको चाड होस् या उत्सव, हामी सबै जना मिलेर सामुहिक रुपमा मनाउछौं । एक अर्काको संस्कृति र परम्पराको उच्च सम्मान गछौं । 

तपाँइहरुले आफ्नो जन्मभूमि र गाँउ ठाँउको लागि के कस्तो योगदान  गर्दै आइरहनु भएको छ ?

यि सबै कुराहरु मैले अघि नै बताइसकेको छु । आज सम्म प्रवाशमा आएका कुनै पनि मकवानपुरेहरु अलपत्र वा अफ्ठ्यारोमा परेका छन् भने हामीले सहयोग नगरेको शायद कोही पनि छैन होला । 

प्रवासमा रहँदा आफ्नो देशको कत्तिको याद आँउछ, अनि कसरी जन्मभूमि र राष्ट्र सम्झनुहुन्छ ?

प्रवाशमा रहँदा हरेक दिन, हरेक पल आफ्नो जन्मभुमीको याद आँउछ । त्यही यादलाई साँचेर छुट्टी तथा चाडपर्वहरुमा नेपाली दाजुभाई दिदी–बहीनीहरु भेट भई, सामाजिक कामहरुमा संलग्न भइ रमाइलो गर्दै मन बुझाउने प्रयत्न गछौै । आफ्नो सुख–दुखका क्षणहरु प्रवाशमा रहेका साथीभाइहरुबीच साटासाट गर्दै भुल्ने प्रयत्न गर्छौ ।



नेपालको पछिल्लो राजनीतिक गतिविधीलाई प्रवासबाट कसरी नियाली रहनुभएको छ र के भन्न चाहनुहुन्छ ?

हिजो देशमा  दशक भन्दा बढी अवधी द्धन्द चल्यो । स्थित सरकार नभएको र देशमा विविध खाले समस्या रहेका कारण म जस्ता लाखौं नेपालीहरु विदेशीनुपर्ने अवस्था आइप¥यो । तर अहिले दुई तिहाइको स्थिर सरकार छ ।

 हामी प्रवाशी नेपालीहरुको एउटै चाहना हो की राज्यले रोजगारीको व्यवस्था गरिदेओस् । यसै सन्दर्भमा हामीले यस संस्थाका साथीभाइबीच सल्लाह पनि गरेका थियौं  । हामी प्रवाशमा बस्ने नेपालीहरु ४० लाख भन्दा माथि छौं । राज्य वा ३ नम्बर प्रदेश सरकारले यस्तो एउटा विद्ययेक पास गरिदेओस् कि हामीले लगानी गरेको रकम कुनै पनि योजनामा लगानी भै हाम्रो लगानी शेयरको रुपमा रही हाम्रो लगानीको जिम्मा राज्यले लिइदेओस् । 

र, यो अन्तराष्ट्रिय रुपमा महाअभियानको रुपमा देश भित्र र बाहिर रहेका प्रत्येक नेपालीको अभियानको रुपमा बुझाई प्रत्येक देशमा रहेका नेपाली दुतावाशसंग सहकार्य गर्दै विदेशमा रहेका हरेक नेपाली भएको ठाँउमा पुगी यो अभियान किन ? कसका लागि ? यसबाट राज्य र प्रवाशमा बस्ने नेपालीलाई के फाइदा हुन्छ ? भन्ने कुरा बुझाउन सक्नुपर्छ । 

यति गर्न सकेको खण्डमा नेपालीहरुकै लगानीमा आफ्नो देश बनाउन सक्छौं । प्रत्येक प्रवासमा बस्ने नेपालीहरुले स्वदेशमै रोजगारी पाउन सक्छौं । यो अभियान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा राज्य तथा ३ नम्बर प्रदेश सरकारले अगाडि सा¥यो भने वा हाम्रो लगानीको जिम्मा राज्यले लिइदियो भने झण्डै ४० लाख प्रवाशी नेपालीबाट एक व्यक्ति बराबर ५० हजार रुपैंया मात्र लगानीको अभियान चलाँउदा पनि ठुलो योजना सम्पन्न हुन्छ  । 

यसका साथै म यस मकवानपुर मिलन केन्द्र अन्तराष्ट्रिय संयोजकको हैसियतले हाम्रो यस संस्थाले मकवानपुर मिलन केन्द्रको कुनै सामाजिक संस्था वा निकायसंग सहकार्य गर्दै निकट भविश्यमा वैदेशिक रोजगारीको शिलशिलामा विदेश गई फर्किएका मकवानपुरेहरुको तथ्याङ्क संकलन गरी निशुल्क सिपमुलक तालिम प्रत्येक गाँउपालिकामा सञ्चालन गर्ने योजना रहेको जानकारी गराउन चाहन्छु ।  

अहिले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडाबाट अन्यत्र सार्ने कुरा पनि जोडतोडले उठेको छ, यस सम्वन्धमा तपाँइहरुको धारणा के छ ?

३ नम्बर प्रदेशको राजधानी विविध कोणबाट हेर्दा हेटौंडा नै उपयुक्त हुन्छ । हाम्रो यस संस्थाको चाहना पनि प्रदेशको स्थायी राजधानी हेटौंडा नै हुनुपर्छ भन्ने छ  । म तपाँइको यसै मिडीया मार्फत नेपाल सरकारसंग हेटौंडा नै ३ नम्बर प्रदेशको राजधानी बनाउन अनुरोध गर्दछु । 

मकवानपुरको पर्यटन विकासका लागि देशबाहिर रहेका नेपालीहरुको कस्तो भूमिका हुनसक्छ र यस मामलामा तपाँइरुह्को तर्फबाट के पहल भइरहेको छ ?

हामी प्रवाशमा बस्ने नेपालीहरुले आफ्नो गृह जिल्लाको पर्यटन विकासका लागि धेरै नै योगदान दिन सक्छौं । यहाँ रहेका चेम्बर अफ कमर्श, विभिन्न देशको आफ्नो समुह, संघ–संगठनसंग सहकार्य गर्दै हामी हाम्रो जिल्लाको पर्यटकीय क्षेत्रको बारेमा व्यापक प्रचारप्रसार गर्न सक्छौं । 

जसका कारण धेरै विदेशीहरु आफ्नो गृह जिल्लामा भित्र्याउन सक्छौं । यसै सन्दर्भमा मैले हाम्रो गृह जिल्ला मकवानपुरमा पर्यटक भित्र्याउनका लागि विभिन्न सरसल्लाह गरेको छु । केही अघि मात्र प्रदेश सरकारको पर्यटन मन्त्री अरुण नेपालज्यु कतार भ्रमणमा आउनुभएको थियो । 



मैले उहाँलाई मकवानपुर जिल्ला स्थित उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, पर्यट विकाससंग सम्वन्धीत संघ संस्था र कतार स्थित चेम्बर अफ कमर्श एवं यहाँ रहेका विभिन्न संघ संगठनसंग छलफल कार्यक्रम राख्दै यहाँको सहयोगको लागि अनुरोध गरेको थिँए । हाम्रो अनुरोधलाई स्विकार गर्नुभएको छ । 

हाम्रो जिल्लाको क्षेत्र नम्बर एकका सांसद कृष्णप्रसाद दाहालज्युले कतार स्थित सम्वन्धीत  निकायसंग एक चरणको कुरा गर्नुभएको छ । हामी चाँडैं नै आफ्नो गृह जिल्लामा पर्यटक भित्रिनेछ भन्ने कुरामा विश्वस्त भएर बसेका छौं ।

नेपाल र कतारबीच पारस्पारिक सम्वन्धको विकास र विस्तारका साथै दुई देशका बीचमा जनस्तरको सम्वन्ध अझ प्रगाढ पार्न के के गर्नु आवश्यक छ ?

हामी प्रवाशमा बस्ने नेपाली हौं । हामीलाई यस देशले मेहनती, एमानदार, बहादुर र लगनशिल नेपाली भनेर चिनाउन सफल भएका छौं । 

यस देशको रिति रिवाज, धर्म संस्कृतिको उच्च सम्मान गर्दै एक आपसमा भाइचाराको सम्वन्ध राख्न सके अझ ज्यादा प्रगाढ हुनेछ भन्ने लाग्छ । 

अन्तमा कुराकानीका क्रममा तपाँइहरुले जोड दिएर भन्नुपर्ने विशेष केही महत्वपुर्ण आग्रह केही छ की ?

म यस संस्था मकवानपुर मिलन केन्द्र अन्तराष्ट्रिय संयोजक तथा दोहा कतारको संरक्षकको हैसियतले हाल कतार तथा अन्य खाडी देशहरुमा आजाद भिषा भनि नेपालीहरुसंग धेरै पैसा असुल्ने र पछि विदेश आएपछि आजाद भिषा भन्ने नहुने, काम नपाउने, खान र बस्नको लागि समेत अफ्ठेरो परेको अवस्थामा हाम्रो यस संस्थाले धेरै मकवानपुरेहरुलाई उद्धार  गरेको छ । 

म यसै मिडीया मार्फत तपाँइहरु गल्फ देश जाँदै हुनुहुन्छ भने आफु जान लागेको कम्पनीको बारेमा हाम्रो फेसबुकमा म्यासेज गरेर हामीलाई त्यस कम्पनीको बारेमा सोध्न सक्नु हुनेछ । हामी तपाँइहरुलाई सक्दो सहयोग गर्नेछौं भन्न चाहन्छु ।



0 comments

Write Down Your Responses