Powered by Blogger.
शान्ति सुरक्षामा खलल् पु¥याउन खोज्ने कोहिसँग पनि सम्झौता गर्दिन : एसपी सिंह

मकवानपुर / कम बोल्ने र राम्रो गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएको प्रहरी प्रमुख ९एसपी० मुकेशकुमार सिंहले बताएका छन् । आफु कुरा भन्दा काममा विश्वास राख्ने ब्यक्ति भएको बताउदै महत्वपूर्ण तीन विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

आज हेटौँडामा पत्रकारहरुसँग कुरा गर्दै उनले मकवानपुरको शान्तिसुरक्षामा खलल् पुर्याउन खोज्ने कोहिसँग पनि सम्झौता नगर्ने उनले बताए ।

आज हेटौँडामा सञ्चारकर्मीहरुसँगको भेटमा एसपी सिंहले मकवानपुर जिल्ला लागु औषधको क्षेत्रमा निकै जोखिम जिल्ला रहेको भन्दै उनले लागु औषध नियन्त्रणमा आफ्नो ध्यान जाने बताए ।

 दोश्रो प्राथमिकतामा महिला तथा वालवालिका हिंसा न्युनिकरण तथा तेश्रोमा प्रहरीको सेवा जनसमक्ष सहज ढंगबाट सञ्चालन हुने बताए । प्रहरीको कामनै अपराध न्युनिकरण गर्दै समाजमा शान्ति कायम राख्नु रहेको भन्दै यो कार्यमा जिल्ला प्रहरी कार्यालय पूर्ण रुपमा प्रतिवद्ध भएको बताए ।
     

0 comments

Write Down Your Responses