Powered by Blogger.
उत्कृष्ट अवार्ड प्राप्त प्रहरी निरिक्षक मधुकुमार थापाको सरुवा

हेटौँडा,९ फागुन  /  मकवानपुरमा रहेर उत्कृष्ट काम गर्दै आइरहेका प्रहरी निरिक्षक मधुकुमार थापाको सरुवा भएको छ । गत २०७३ साल फागुनमा जिल्ला प्रहरी कार्यालय आएका उनले दुई वर्षको अवधिमा मकवानपुरमा रहेर विभिन्न जघन्य अपराधको सफलतापुर्वक अनुसन्धान गर्दै अपराधि पक्राउ गर्न सफल बनेका थिए ।

थापाले लागु औषध नियन्त्रणको क्षेत्रमा पनि आफुलाई अब्बल प्रमाणित गरेका थिए । जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै थापालाई प्रदेश प्रहरी कार्यालय प्रदेश नंबर ३ ले गत वर्ष र यो वर्ष उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको थियो भने उनले मकवानपुरकै मध्यक्षेत्रीय प्रहरी कार्यालयमा रहँदा समेत उत्कृष्ट प्रहरीको अबार्ड प्राप्त गरिसकेका छन् ।

सबैसँग मित्रवत् व्यवहार गर्ने थापा हेटौंडाबासीबीच लोकप्रिय छन् । उनले हेटौंडामा हुने गुण्डागर्दीलाई न्यूनिकरण गर्न ठूलो भूमिका खेलेका छन् । उनै, थापाको काठमाडौं, त्रिपुरेश्वरमा सुरुवा भएको छ । त्रिपुरेश्वरस्थित दंगा नियन्त्रण कार्यालयमा सरुवा भएका थापा केही दिनमा मकवानपुर छोड्ने छन् ।

‘मेरो सुरुवा भयो, तपाईहरुसँग यतिका समय सहकार्य गरेर काम गरियो । बिदाई हुनेछु ।–’ इन्स्पेक्टर थापाले प्रहरी कार्यालयमा जम्ममा भएका पत्रकारहरुसँग यसरी प्रस्तुत भए । उनले पत्रकारहरुसँग बिदाई माग्दा थापासँगै रहेका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले थापा डिएसपी बुढवाको पहिलो नम्बरमा रहेको बताए ।

‘उन ९थापा०को सरुवा भएको छ । काठमाडौं पुगेको छ । अब आउँदा डिएसपी भएर आउँछ । डिएसपी बढुवाको पहिलो नम्बरमा छन्, उनी ।–’ एसपी सिंहले भने । एसपी सिंहको कुरा वास्तविक हो भने, प्रदेशकै उत्कृष्ट प्रहरीबाट पुरस्कृत भएका थापा डिएसपीमा बुढवा हुनेछन् ।

गत २०७३ साल फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका उनले दुईवर्षको अवधिमा मकवानपुरमा रहेर विभिन्न जघन्य अपराधको सफलतापुर्वक अनुसन्धान गर्दै अपराधी पक्राउ गर्न सफल भएका थिए । थापाले लागु औषध नियन्त्रणको क्षेत्रमा पनि आफुलाई अब्बल प्रमाणित गरेका छन् ।

जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै थापालाई प्रदेश प्रहरी कार्यालय प्रदेश नंबर ३ ले गत वर्ष र यो वर्ष उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको थियो भने उनले मकवानपुरकै मध्यक्षेत्रीय प्रहरी कार्यालयमा रहँदा समेत उत्कृष्ट प्रहरीको अबार्ड प्राप्त गरिसकेका छन् ।

२०६४ सालमा प्रहरी निरिक्षकबाट सेवा प्रारम्भ गरेका थापालाई मकवानपुरेहरुले इमान्दार तथा लगनशिल प्रहरीको रुपमा लिने गरेका छन् । सरुवा भएपछि प्रहर खबरलाई प्रतिक्रिया दिँदै थापाले आफु जहाँ गएपनि मकवानपुरमा रहेको गरेको कामको सधै स्मरण हुने बताए । प्रहरीको काम, कर्तब्य र अधिकार भन्दा बाहेक आफु कहिल्यै नचल्ने भन्दै मकवानपुबाट आफुले निकै सहयोग समेत प्राप्त गरेको बताए ।

0 comments

Write Down Your Responses