Powered by Blogger.
बागमतीका आगालागी पिडित लोप्चन परिवारलाई खाद्यान्न सहयोग

बागमती /  बागमती गाउँपालिका ८ स्थित धनसाईमा भएको आगालागी पिडित र्हक बहादुर लोप्चन परिवारलाई सहयोग प्राप्त भएको छ ।  स्थानिय व्यावसायी हेमन्त लामा र निर्मल हेल्थ क्लीनिका प्रोपाइटर निर्मल तिमल्सेनाले पिडित परिवारलाई घरैमै पुगेर २ बोरा चामल, नुन, तेल, दाल, भुजा सहयोग गरेका हुन् ।

माग २५ गतेका दिन उनलेका घरमा आगालागी भएको थियो ।  आगलागीबाट लोप्चनको घर जलेर पूर्णरुपमा ध्वस्त हुनाका साथै खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा , नगद ३ लाख सहित १५ लाख बराबरको क्षति भएको थियो ।

 आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका लोप्चन परिवारलाई सहयोग गरेको निर्मल हेल्थ क्लीनिका प्रोपाइटर निर्मल तिमल्सेनाले जानकारी दिए ।

उनले घाउमा मलम लगाउन सबैमा अनुरोध समेत गरेका छन् । पीडितले आफूहरुको घर पुनःनिर्माण गर्ने कुनै उपाय र आयस्रोत नभएकाले आवश्यक सहयोग गरिदिन अपिल गरेका छन् ।



0 comments

Write Down Your Responses